अमेरिकी राष्ट्रपति बाराक ओवामा जनवरी २६ का दिन भारतका मुख्य अतिथि बन्न आउँदैछन्। उनले यो अवसरमा नेपालको भ्रमण गरिदिए नयाँ नेपालका निर्मातालाई उत्प्रेरणा र प्रजातान्त्रिकणमा नयाँ मोड आउने थियो। सम्माननीय राष्ट्रपति ओवामा मानवीयताका मुद्दाहरुमा यति संवेदनशील छन् कि उनको आँखाबाट तरर्र...आँसु बग्छन्। विश्वको शक्तिशाली राष्ट्रपति पनि रुने रहेछन्। नेपालका नेताहरु नरसंहार र राष्ट्रियताको रगत पिएर पनि हाँसिरहेका छन्। मानवीयता र राजनीतिक बेइमानीको चरम सीमा नाघेको मुलुकमा ओवामा आइदिए, हाम्रा नेताहरुमा जिम्मेवारीबोध हुने थियो। उनको दक्षिण एसियाली आसन्न भ्रमणका बेलामा उनलाई नेपाल ल्याउन सकेको भए नेपालमा इमान्दारिता र विकास एक्कैपटक हुनसक्ने थियो। नेपाली मूलका अमेरिकीहरु भन्छन्: नेपालदेखि अमेरिकासम्मका नेपालीहरुले ओवामाको नेपाल भ्रमण हुन नसक्ने ५ कारणहरु देखेका छन्, ती यस्ता छन्ः–
१ –दुवै देशको आपसी आबश्यकता र महत्व हुनुपर्छ। एक देशको चाहनाले मात्र हुन्न, हुने भए अन्य छिमेकी पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानले पनि निमन्त्रणा गर्थ्यो।
२ –सुर212ा जस्तो गम्भीर बिषय र त्यसको ब्यवस्थापनप्रतिको बिश्वसनीयताको कमि।
३ –हवाई एवं सडक सुर212ाको टड्कारो प्रश्न। स्मरण रहोस् भर्खर सम्पन सार्क सम्मेलनमा सुर212ाको लागि भारतबाट भाडामा कार ल्याइयो, भारत र पाकिस्तानले आफू चढ्ने गाडी आफैले ल्याए, एयरपोर्ट नै बन्द राख्नुपर्यो। अमेरिकी दूतावासले कस्तो रिपोर्ट गरेको होला?
४ –अन्तराष्ट्रिय कूटनैतिक मर्म अनुसार एक देशको राष्ट्राध्य212ले अर्को देशको राष्ट्राध्य212लाई औपचारिक निमन्त्रणा दिने चलन छ। प्रधानमन्त्रीले व्यक्तिगत भेटमा मौखिक र कार्यालयमा बोलाएर राजदूत पिटर डब्लु बोडेलाई थमाइदिएको निम्तो मर्यादाअनुकूल भयो होला?
५ – अर्को महत्वपूर्ण कारण भनेको जनवरी २० अर्थात् माघ ८ गते नेपालमा संबिधान जारी नभए डरलाग्दो राजनैतिक माहौल हुने र अतिथिलाई सम्मान गर्ने वातावरण नहुने र संविधान जारी भए पनि समर्थन र बिरोधमा हाम्रो आगो बल्न थाल्ने अराजक स्थितिमा अमेरिकी राष्ट्रपति कसरी नेपाल आउन सक्छन्? जनवरी २६ तारिखमा भारतको भ्रमणको मौकामा राष्ट्रसित ओवामालाई भ्रमण गराउने नेपालकै इच्छाशक्ति प्रवल नभएकोले हाम्रो रहर रहरमै सिमित हुने भएको छ।