Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

चीनले फेरि भन्यो: ८ हेलिकोप्टर दिनसक्छौं

१७ बिहिबार , बैशाख २०७२११ बर्ष अगाडि

विहीवार चीनका राजदूत ऊ चुन्ताईले राष्ट्रपतिलाई भेटेर चीन ८ थान हेलिकोप्टर दिन र उत्तरी सीमाक्षेत्रका जनतालाई राहत र पुननिर्माणमा सघाउन तैयार छ। भूकम्पबाट बिग्रेभत्केका राजमार्ग मरमतका लागि पनि चीन तैयार छ। चीनले बारम्बार यसरी सहयोगी हात बढाइरहदा पनि नेपालले भारतको दबाबका कारण चीनको सहयोग लिन सकेको छैन। १२ गते भूकम्प गयो, भोलिपल्टै चीनले यही प्रस्ताव गरेको थियो, गृहमन्त्रीले भारतीय दूतावासमा सम्पर्क गरेर अस्वीकार गरिदिए। भूकम्प गएको बैशाख १५ गते चीनले फेरि उद्धारमा थप सहयोग गर्न चाह्यो, एमालेभित्रैबाट पनि प्रश्न उठ्यो र गृहमन्त्रीले चीनलाई उद्धारमा जुट्न अनुमति दियो। चीनबाट ८ हेलिकोप्टरसहित नेपाल उड्ने बेलामा नेपालले आवश्यक छैन भन्ने जवाफ दियो। र, किन यस्तो राजनीति? भनेर राजदूत चुन्ताईले वैशाख १७ गते राष्ट्रपतिलाई भेटेर चीन सहयोग गर्न तैयार छ भन्ने जनाउ दिएका हुन्। तर, प्राकृतिक प्रकोपबाट विपदमा परेको नेपालले भारतको दबाबी भूकम्प खप्न सकेन र चीनको सहयोग लिन चाहेन। हेलिकोप्टर नभएर भूकम्प गएको हप्तादिनपछि पनि राहत र उद्धार नपाएर पहाडी इलाकामा धनजनको क्षति जारी रहेको छ।