Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

संघीयता असफल भइसक्यो

२२ बुधबार , जेठ २०७६७ बर्ष अगाडि

काठमाडौं । संघीयताले राष्ट्रको हित गर्दैन, राष्ट्र कमजोर हु“दैजान्छ भनेर सुरुदेखि संघीयताको विपक्षमा उभिएका जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अव भन्न थालेका छन्– संघीयता असफल भइसक्यो, जनमोर्चाले संघीयता देशघातक हुन्छ, यो आयातित एजेण्डा हो भनेको थियो, राष्ट्रिय जनमोर्चाले उठाएको एजेण्डा जनता भर्खर खर्चर बुझ्दैछन् । जनमोर्चा सही रहेछ ।
संघीयता हाम्रो एजेण्डा होइन, नेपालको आवश्यकता पनि होइन । संघीयताजस्तो खर्चालु व्यवस्था नेपालले धान्नै सक्दैन । यस्तो धारणामा आज पनि राष्ट्रिय जनमोर्चा अडिग छ । राष्ट्रिय जनमोर्चाले देशव्यापी आन्दोलन, जनचेतना जगाउने कायकमसमेत गरेको थियो । तर ठूला पार्टीहरुले ह्याकुल्लाले मिचेर संघीयता सहितको संविधान जारी गरे, अहिले आएर आमनागरिकमा समेत संघीयताप्रति वितृष्णा फैलिएको छ ।
संघीयता चलाउनैका लागि आम नागरिकले घरमा पालेका जिवजन्तुको समेत कर तिर्नुपर्ने स्थिति आएको छ ।
चित्रबहादुर केसी आज पनि संघीयता नेपालको बिघटनकारी व्यवस्था हो भन्दै आफूले सही एजेण्डा बोकेको दावी गरिरहेका छन् ।
मुलुकको लागि, राजनीतिक हिसाबले, भौगोलिक हिसाबले, आर्थिक हिसाबले, सामाजिक हिसाबले सबै किसिमले यो मुलुकमा संघीय प्रणाली बेठिक छ, व्यवहारिक छैन भनेर २०६३ सालदेखि आन्दोलन गर्दै आएका छँैं, जनतामा भ्रम छर्ने काम भयो । आज आएर त्यो भ्रम हटेको छ । अव सबैले बुझेका छन्– संघीय प्रणालीले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई सुरक्षित गर्न सक्दैन, देशको आर्थिक कारणले पनि संघीयता थेग्न सक्दैन । कसैले पनि प्रचण्ड, ओली, शेरबहादुरले बोलेका कुरा मान्दैनन् ।
चित्रबहादुर केसीका अनुसार चल्न त राणा शासन पनि चलेकै हो । पञ्चायत चलेकै हो, लोकतन्त्र आएपछि त्यो पनि चलेकै छ । केही व्यक्तिको विकास त्यतिबेला पनि भएकै हो, अहिले पनिभएकै छ । प्रश्न बहुसंख्यक जनताको स्थिति के छ ? हालत के छ ? त्यो हो । संघीयताले चौतर्फी रुपमा द्वन्द्व बढाएको छ । राष्ट्रियता खतरामा पुगिसक्यो ।
केसीका अनुसार २८ हजार २ सय स्थानीय जनप्रतिनिधि, प्रदेश र केन्द्र सरकारका सबै खर्च धान्नु महाभारत हो । रेमिट्यान्सले र राजस्वले प्रशासनिक खर्च चलाउन नसक्ने भएपछि उद्योगधन्दा, कलकारखाना खोलेर नेपाली जनतालाई रोजीरोटी दिने कसरी ? समृद्ध नेपाल, सुखी नेपाली नारामा सिमित भइसकेको छ ।
प्वाक्कै भनेका छन् नेता केसीले कि संघीयता विदेशीले बोकाउको भारी हो । यस्तो भारी कतिञ्जेल टिक्ने, जातीय, भौगोलिक राज्य राज्यको अवधारणा पनि चल्छ ? नेपालको राष्ट्रपतिलाई ढुंगामुढा गर्ने, प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने, भारतका प्रधानमन्त्रीको जयजयकार गर्ने, यो सब केको संकेत हो ? संघीयता सफल हुनु भनेको नेपाललाई नाइजेरिया, सुडान, सिरिया, अफगानिस्तान बनाउनु हो । कांग्रेस, नेकपाले खुशीले होइन, विदेशी करबलले बोकेका छन्, संघीयता ।।
देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई अगाडि राखेर, नेपाली जनताको हितलाई अगाडि राखेर बोल्नुपर्नेहरु मँैन छन् आज ।