Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नेपाललाई विपद परेका बेला पाकिस्तानविरुद्ध साजिस

१७ बिहिबार , बैशाख २०७२११ बर्ष अगाडि

पाकिस्तानले विफ मसला प्रयोग गरेको खाद्य सामग्री हिन्दू मुलुकका नेपालीलाई राहत पठाएको भनी भारतले झ्याइँझाइँ समाचार बजाइरहेको छ। आउने उद्धार र राहत सामग्री आयो, कुन कहाँ कसरी प्रयोग गर्ने नगर्ने त्यो नेपाल सरकारको काम हो। चियोचर्चा गर्नु र नेपाललाई आपद परेका बेलामा नेपाल बेश बनाएर भारतले पाकिस्तानसँग झगडा गर्नु भारत कतिसम्म बेइमान र नैतिकहीन छ भन्ने अनुहार देखाएको छ।
सबैलाई थाहा छ: भारत र पाकिस्तान जन्मजाद दुश्मन हुन्। उनीहरु एउटा काश्मिर मुद्धामा ७० वर्षदेखि झगडा गरिरहेका छन्, युद्ध लडिरहेका छन्। उनीहरुको युद्ध उनीहरु जानुन्। नेपालको युद्ध विपदबाट कसरी नेपालीलाई बचाउने भन्ने छ। विपदमा आएका र आउने सबै सहयोगी हातलाई नेपालले स्वागत गरिरहेको छ। पाकिस्तानले भक्तपुरमा अस्पताल नै चलाइरहेको छ। पाकिस्तानले राहतका सामन पठाइरहेको छ। त्यसमा भारतलाई किन आपत्ति? पाकिस्तानले पठाएका बिफका मसला उपयोग गरेका कुनै सामग्री भए त्यसलाई नेपालले उपयोग नगर्न पनि सक्छ। यसमा भारतलाई टाउको दुखाई किन? भारतको ध्यान नेपालमा उद्धार, सहयोग गर्ने हो कि अन्तर्राष्ट्रिय झगडाको थलो बनाउने? भारतको नियत त फोहर नै देखियो।