Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

भारतीय सैनिक र हेलिकोप्टर सोलु र रसुवातिरै

१७ बिहिबार , बैशाख २०७२११ बर्ष अगाडि

नेपालमा भूकम्प जाँदा भारतले तत्काल उद्धार र सहयोगी हात बढाएकोमा जति प्रशंसा गरे पनि कम हुन्छ। तर, भारतले पठाएका सैनिक, एसएसवीहरुले सीमा नाघेका खबर आएका छन्। विहीवार पत्रकार सम्मेलनमा नेपाली सेनाले आफ्नो कमाण्डमा

भारतीय सैनिक हेलिकोप्टर र उद्धारटोलीलाई परिचालन गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेको छ। भारतीय सैनिक हेलिकोप्टर सुरुमा सगरमाथा बेशक्याम्पमा रहेका ३९ जना भारतीय सैनिक उद्धारमा केन्द्रित रह्यो, त्यसपछि नेपालका

तामाकोशी लगायतका भारतीय ठेकेदार, कामदारको उद्धारमामात्र केन्द्रित हुनगयो। त्यसको साथै भारतीय सैनिक हेलिकोप्टर सोलु, रसुवा, तातोपानीलगायतका चिनियाँ सीमाक्षेत्र र चिनियाँ सीमाभित्रै घुसेर उडान गर्न बढी उद्दत देखिएका छन्।

यसबारेमा चीनले नेपालसँग असन्तुष्टि पोखिसकेको छ भने भारतलाई उद्धारका नाममा सीमा ननाघ्न चेतावनी पनि दिएको छ। भारतीय सैनिक टोली उद्धार र राहतका साथै 'कूटनीतिक रणनीति'मा बढी लागेको विज्ञहरु आशंका गरिरहेका छन्।

नेपाली सेनाको कमाण्डलाई उल्लंघन गरेर आफूखुसी उद्धारमा उड्नु नियमितता बनेको छ भारतीय सेनाको। यसैवीच भारतले भूपू सैनिक र आफ्ना नागरिकको आवरणमा आफै उद्धारका सामग्री वितरण गर्ने तैयारी थालेको गृहस्रोत बताउँछ।