Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हो चि मिन्हको सानो दरवार

१३ सोमबार , जेठ २०७६५ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री भियतनाम भ्रमण गर्न पनि भ्याए । भियतनामसँग सम्बन्ध गाँस्नु राष्ट्रका लागि लाभजनक हुनसक्छ । यो कार्य राम्रै हो । तर कम्युनिष्ट सरकार प्रमुखले हो चि मिन्हको सानो दरवारमा पुगेर, भियतनामको भ्रमण गरेर देशभक्ति र माटोप्रेम कति सिके होलान्, अर्थ त्यसको छ । यदि केही नसिकी अँएका हुन् भने त्यो नेकपाका लागि दुर्भाग्यजनक हो । नेपालका सन्दर्भमा त नेकपाको शासन त्यसै पनि भार हुँदै गएको छ ।
यो सानो सामान्य घर, नेपाली कम्युनिष्टहरुको दरवार हेर्दा छाप्रोजस्तो लाग्छ, नेपाली कम्युनिष्टहरुको रहनसहन हेर्दा पालेघरजस्तो लाग्छ, यही घर हो चि मिन्ह निवास हो, जहाँ उनले राष्ट्रपतिका रूपमा आप्mनो जीवनका पछिल्ला ११ वर्ष व्यतीत गरे । हो चि मिन्ह त्यसै भियतनामीको गौरव बनेका होइनन् ।
नेपालको राष्ट्रपतिलाई शीतल निवासपनि सानो भएको छ । प्रहरी तालिम केन्द्रको बिशाल भूमि चाहिएको छ । बम प्रुफ निवास, आधुनिक हेलिकोप्टर, शासन सौकत चाहिएको छ । नेकपामा अध्यक्षद्वयको रहनसहन, खानपिन, आनन्द रमाइलोको त कुरै नगरौं, सम्भ्रान्तभन्दा पनि भव्य देखिन्छ ।
नेकपाका लागि जति सामन्ती हुनसक्यो, उति ठूलो भइने रहेछ भन्ने भ्रम परेको छ । त्यसैले सामन्तको पनि सामन्त हुनथालेका छन्, तिनका बिधि व्यवहारले त्यस्तै परिदृश्यहरु सार्वजनिक भइरहेका छन् । चीनका राष्ट्रपति, अमेरिकाका राष्ट्रपति आफै छातासमेत ओढ्छन्, हाम्रा मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति आफ्ना व्यागसमेत सुरक्षाकर्मीलाई बोकाउँछन् । सुरक्षाकर्मी सुरक्षाका लागि हुन् कि यिनका भरिया ? देख्दैमा लाज लाग्ने दृश्यहरु छन्, जो कम्युनिष्टले छाडेनन् ।