Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आतंक हो कि बिद्रोह ?

१३ सोमबार , जेठ २०७६५ बर्ष अगाडि

काठमाडौं । आइतवारको दिन राजधानी आतंकमय बन्यो, सरकार थिएन, थियो त भय र त्रासदीमात्र थियो ।
ग्वार्को र लगनखेललगायतका ठाउँमा भेटिएको बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भयो, चार मारिए, घायलहरु मृत्यु जित्ने प्रयत्न गरिरहेका छन् ।
यो बम काण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ र दर्जनौं नेकपा विप्लवका कार्यकर्तालाई धरपकड गरेको छ । प्रहरीको प्रारम्भिक भनाई छ– यो बिस्फोट, बम काण्ड दुर्घटना होइन, नियोजित घटना हुन् । नियोजित घटना भएको र यसमा विप्लव माओवादीले आतंक फैलाएर सोमवार नेपाल बन्द घोषणा गरेको प्रहरीले बताएको छ । विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रम तीब्र बन्दै गएको छ र अनुसन्धान गर्ने क्रममा पिट्दा विप्लवका कार्यकर्ताको ज्यानसमेत गएको छ । प्रतिकार त सुरु भयो, यो आतंक हो कि बिद्रोह विप्लव चुप छन् ।
ओली सरकार अव विप्लवले ढाल्ने र अर्को परिवर्तन हुने लक्ष्यण देखियो ।