Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

भारत भन्छ: पशुपतिनाथ हाम्रो हो

१७ बिहिबार , बैशाख २०७२११ बर्ष अगाडि

फ्रान्सकी चान्सलरका सामु शान्तिदूत बुद्ध भारतमा जन्मिएका हुन् भन्ने मोदीको नेतृत्वको भारतले बुद्ध पशुपतिनाथ भारतको हो भन्ने दावी गरेको छ। तिनै मोदीले महारुद्राभिषेक गर्न साउनमा नेपाल आउादा नेपालकै संसदमा उभिएर बुद्ध नेपालमा

जन्मिएका हुन् भनेका थिए। महाभूकम्पले पशुपतिनाथलाई किन क्षति भएन? भन्ने टिप्पणी गर्दा भारतका सञ्चारमाध्यमले पशुपतिनाथ नेपाल र भारतको साझा सम्पदा हो भनेर दावी गरेको हो। भारतको कति जिब्रा छन् र कति झूठ बोल्न सक्छ भारत?

अत्याधुनिक र सबैभन्दा ठूलो लोकतन्त्र दावी गर्ने भारतले कहिलेदेखि र कुन सन्धिअन्तर्गत पशुपतिनाथ नेपाल र भारतको साझा भएको हो? भन्न सकेन। अर्थात भारतको जिब्रो दिनदिनै लप्टन हुनथालेको छ। भारतीय सञ्चारमाध्यमको दावी छ: पुराना

भारतीय बास्तुशास्त्रले पशुपतिनाथ मन्दिर निर्माण भएकाले र भारतले बनाइदिएकाले भूकम्पबाट मन्दिर जोगिएको हो। भारत नेपालमा गएको महाभूकम्पमा सहयोग गर्नभन्दा फाइदा र प्रभावशाली बनेको देखाउन खोजेको छ।