Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नागरिकतामा किन बोल्दैनन् ?

०६ सोमबार , जेठ २०७६५ बर्ष अगाडि

काठमाडौं । जी २५ समूह अर्थात सुरेन्द्र भण्डारी, साध्यवहादुर, प्रेमसिंह बस्न्यात्, वोर्णबहादुर कार्की, बालकृष्ण न्यौपानेलगायतका व्यक्तिहरु यतिबेला सडकमा उत्रेर हरेक दिन नागरिकता विधेयकको विरोध गरिरहेका छन् । नागरिकता यसरी मनलाग्दी बितरण भयो भने देश गयो भनिरहेका छन् । सरकार कानमा तेल हालेर बसेको छ ।
सत्तामा छ नेकपा । दुई अध्यक्ष प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड, नेकपाकै पूर्व नेतृ विद्या भण्डारी राष्ट्रपति र प्रतिपक्षी नामधारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, यी चार जना मौन छन्, यिनले कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रचण्ड र ओली पार्टी अध्यक्ष भए, पार्टी नेतृत्वको सरकारले गरेको निर्णयमा नेकपाले बोल्ने कुरै भएन । जुन पार्टीले राष्ट्रपति बनायो, राष्ट्रपतिले त्यो पार्टी सरकारले गरेको निर्णयमा विचार गरेको देखिदैन । हुन त राष्ट्रपति राष्ट्रको संरक्षक हुनुपर्ने हो, राष्ट्रहित र अहित हेर्नुपर्ने हो, त्यस्तो साहस यी राष्ट्रपतिले गरेको देखिदैन । एकपटक प्रचण्ड प्रधानमन्त्री भएका बेलामा कांग्रेसका नेता डा.रामवरण यादव राष्ट्रपति भएका थिए र प्रधानमन्त्रीले प्रधान सेनापति फेर्न खोज्दा हस्तक्षेप गरे, जसका कारण नैतिक संकटमा परेर प्रचण्डले राजीनामा गर्नुपरेको थियो, अहिले त एकै पार्टीका राष्ट्रपति छन्, उनले राष्ट्र हेर्नेभन्दा पनि आफूलाई राष्टपति बनाउन सघाउने नेकपाको पक्षमा उभिन बाध्यछिन्, शायद त्यसैले राष्ट्र संकट उन्मुख भएको छ ।
नागरिकता विधेयकका कारण, सरकारले परिपत्रबाट नागरिकता वितरण गर्न आदेश दिएका कारण, सर्वोच्च अदालतले कडा निर्णय नगरेका कारण, सडक तातेको छ । सडकमा आन्दोलन जारी छ । पहिलेका दिग्गज नागरिक समाज भनिएका देवेन्द्रराज पाण्डे, कनकमणि दीक्षित, सुन्दरमणि दीक्षितजस्ता व्यक्तिहरु मौन छन्, अर्को नागरिक समाज जन्मिएको छ, जसले नागरिकता विषयमा आन्दोलन नै छेडेको छ । त्यो हो जी २५ समूह ।
यो समूहले हरेक दिन माइतीघर मण्डला, वानेश्वरलगायतका विभिन्न स्थानमा घुम्ती बिरोध गरिरहेका छन् । देशव्यापी रुपमा यो आन्दोलन चर्केको छ । यो आन्दोलनको एउटै माँग छ नक्कली नागरिकता खारेज गर, जन्मका आधारमा नागरिकता वितरण नगर । जन्मेका आधारमा बंशजको नागरिकता वितरण गर्दा नेपाली अल्पमतमा पर्नेछन् । नागरिकता दिने भनेको विवाह गरेर गएकी छोरी, विदेशी ज्वाइँ, भान्जाभान्जीलाई वितरण गर्नुहुन्न । नेपाली अल्पमतमा पर्दै जाँदा नेपाल सिक्किम, फिजीजस्तो हुनजानेछ । केही वर्षमै नेपाली नेपालमै अल्पमतमा पर्नेछन्, शासन नयाँ नागरिकले गर्न थाल्नेछन् । विश्वका अरु मुलुकमा नागरिकता पाउने कडा आधारहरुको अध्ययन गरेर नागरिकता कानुन बन्नुपर्छ ।
सडकमा आगो बलेको छ । सरकार प्रहरी दमनमा उत्रेको छ । देशैभरि आन्दोलनको पक्षमा माहोल बने पनि सरकार दमन गरेरै अघि बढ्ने संकेत दिइरहेको छ । अदालतमा न्यायाधीश नियुक्तमा राजनीतिकरण गरिएका कारण अदालतबाट समेत राजनीतिक इच्छानुसार फैसला आउने खतरा बढेको छ ।
साध्यबहादुर भण्डारीसँग भेटवार्ता गर्दा नागरिकता विधेयक पास भयो र कानुन बन्यो भने यो देश गयो । नागरिकता विधेयकको हमला भनेको नेपालविरुद्धको युद्ध नै हो । यो युद्धको पक्षमा दुई तिहाइले मौनता साध्दा नेपालको भाग्य भविष्य जोखिममा परेको हो । जनता पार्टी पार्टीमा विभाजित छन्, बुद्धिजीवी विभाजित छन्, लोकतन्त्र त आयो, लोकतन्त्र संस्थागत नहुँदै देश विदेशीको शासनका रुपमा जानेभयो । यो सतर्कताको समय हो । सरकार मौन बसेको छ ।