काठमाडौं । सोमवार शताव्दी पुरुष सत्यमोहन जोशी सय वर्ष पुग्नुभो । शताव्दी पुरुष सत्यमोहन जोशीको नम्रता, शालिनता आफैमा संस्कृति र संस्कार हो । बाँचेको इतिहास, अमर छ, अमर हुनुपर्छ । यस्ता व्यक्तित्वहरुबाट समाजले धेरै सिक्न सकिन्छ । सरकारले शुभकामना दिएर मात्र पुग्दैन ।
एभेन्यूज टीभीले उपप्रधानसहितका स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अन्तर्वार्ता लिंदा उनीमाथि साह्रै अभद्र व्यवहार भयो । गए हुन्छ भनेर पत्रकारिता जगतलाई नै अपमानित र दोषी बनाउने कर्म पनि भयो । यस्ता पत्रकारहरु र समाजका हरेक तह र तप्काले सिक्नुपर्ने शालिनता र नम्रता, सभ्यता र संकारको शिक्षालय हो– शताव्दी पुरुष सत्यमोहन जोशी ।
सत्यमोहन जोशीबाट सिक्नुपर्ने धेरै कुरा छ । बुझ्नुपर्ने र उनका अनुभव जगेर्ना गर्ने कार्य समयमै गर्नुपर्छ । सत्यमोहन जोशी अर्को शताव्दी पनि बाँचुन्, यो शुभकामना सबैले दिएका छन् । तथापि मानिस अजर अमर छैन । सत्यमोहन बाँचेको नेपालको इतिहास, सभ्यता पनि हो । उनलाई नरेन्द्रराज प्रसाई दम्पत्तिले शताव्दी पुरुष बनाउन अथक परिश्रम गरे, अव सबैको सहयोगमा सत्यमोहनभित्रका देशका सत्यहरु लिपिवद्ध गर्न जरुरी छ ।