Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशभक्तमाथि प्रताडना

०६ सोमबार , जेठ २०७६५ बर्ष अगाडि

काठमाडौं । फागुन २६ गते, कानुन दिवसका दिन राजन कार्कीद्वारा सम्पादित माई ग्रेटर नेपाल पुस्तकको विमोचन गरियो । यो पुस्तक सम्पादक राजन कार्की, बुद्धिनारायण श्रेष्ठ, भरत दाहाल, प्रेमसागर पौडेल नरेन्द्रप्रसाद उपाध्याय, डा.शास्त्रदत्त पन्त, रत्नसंसार श्रेष्ठ, दीर्घराज प्रसाई, साध्यबहादुर भण्डारी र बसन्त खड्काका विचारहरु संकलन गरिएका छन् । पुस्तकको समीक्षा गर्ने जिम्मेवारी थियो–डा.सुरेन्द्र केसी र प्रेमसिंह बस्न्यातको ।
देशघाती काम गर्नेहरुमाथि मुङ्ग्रो बनेर प्रस्तुत भएका पूर्व जर्नेल बस्न्यातको अभिव्यक्ति सामाजिक सञ्जाल र पत्रपत्रिकामा यसरी भाइरल भइदियो कि सरकार उनको अभिव्यक्तिलाई लिएर चिन्तित भयो र यसबारेमा जंगीअड्डाभित्रसमेत चर्चा चल्यो । यसको प्रतिफलका रुपमा प्रेमसिंह बस्न्यातलाई चिठी थमाइयो र सरकारको विरोध नगर्न चेतावनी दिइयो । बस्न्यात देशको सिपाही भएकाले उनी सतिसाल बनेर खडा छन् ।
आजबाट मेरो घर मा खटाएको सेनाको मान्छे पनि खोसे । मेरो प्रधान सेनापतीको जय होस्, यो सतिले सरापेको देस हो – यस्तो प्रतिक्रिया दिएका छन् जनरल बस्न्यात्ले । लोकतन्त्र भनिएको यो व्यवस्थामा देशभक्तिपूर्ण अभिव्यक्ति दिन बन्जेज गरिएको यो घटनाले दूरगामी असर पार्ने त छँदैछ, कुनै पनि देशभक्तमाथि सरकारका, प्रशासनका देशघाती क्रियाकलापबारे चुप्पी साधेर बस्नुपर्ने अवस्था पनि देखियो । यो कस्तो लोकतन्त्र आएछ देशमा ?
भन्नलाई जनआन्दोलनबाट आएको व्यवस्था भनिएको छ । जनआन्दोलन गर्ने नेताहरु यिनै हुन् । जो देश बेचेर, देशका हितहरु विदेशीलाई सुम्पेर शासनमा आसन गरिरहन चाहन्छन् । जनताको अपेक्षा बुद्धिजीवी, सचेत बर्गले नबोले कसले बोल्ने ? बोल्यो भने सरकार नै खबरदार भन्छ । यस्तो निरंकूशता राणा शासनमा पनि थियो कि थिएन ? देशबारे बोल्न नपाइने यी दिनहरु वर्तमान कालखण्डमा कालो दिनका रुपमा लिन सकिन्छ । सरकार वाक तथा प्रकाशन स्वतन्त्रतामाथि धावा बोलिरहेको छ । सरकारको यी गतिविधिले भविष्यमा अधिनायकवाद विकास हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । देशभक्तहरुलाई प्रताडित गर्ने सरकारले राकेनभने जनताले प्रतिवाद गर्नुपर्ने दिन आउनेछ ।