Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अव चीनका राष्ट्रपति आउँछन्

१६ सोमबार , बैशाख २०७६६ बर्ष अगाडि

काठमाडौं । बीआरआईको नक्सामा नेपाल कसरी जोडिन्छ, नेपालले कसरी कति लाभ लिनसक्छ, यसको प्रष्टता नभए पनि नेपालको विकासमा बीआरआई सहयोगी हो भन्ने विश्वासका साथ नेपाल सहभागी भएको छ र चीनले नेपालको सहभागितालाई उच्च महत्व दिएको देखिन्छ । भारत बीआरआईको बिरोधी भएको र भारतको दबाब नमानेर नेपाल बीआरआईमा सहभागी भएकाले पनि चीन नेपालप्रति सकारात्मक देखिन्छ ।
नेपाल चीनप्रति विश्वस्त छ भन्नेमा चीन विश्वस्त भइसकेको छ । त्यसैले पनि चीनका राष्ट्रपतिले नेपालका प्रति उच्च आदर देखाएका छन् र थप सहयोगको घोषणा पनि गरेका छन् ।
बेल्ट एण्ड रोड (बीआरआई) शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी राजकीय चीन भ्रमणमा छिन् । हिन्दुराष्ट्र र राजतन्त्र एकातिर र अर्कोतिर विप्लव माओवादीको अर्को जनयुद्धको उद्घोषण भइरहेको बेलामा चीनले राष्ट्रप्रमुख निम्त्याएर सत्ताधारी नेकपाप्रति भरोसा राखेको अर्थमा पनि हेरिएको छ ।
चीन नेपालमा ठूलो लगानी र सहयोगका साथ पारदर्शी रुपमै भित्रिएको र चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गरिरहेकाले पनि चीन नेपालको आन्तरिक राजनीतिमा छाइसकेको छ ।
नेपाल चीनवीच विश्वासको वातावरण बनाउन बीआरआई बैठकले बल पु¥याएको छ भने यातायात तथा पारवहनलगायतका तीन सन्धि हुनुले समेत नेपाल चीन सम्बन्ध अरु गाढा हुनपुगेको अनुभव गरिदैछ । चीनले नेपाली विद्यार्थीहरुलाई भारतले झैं व्यापक छात्रबृत्तिको ढोका खोलिदिएको छ ।
बीआरआई समझदारी पत्रमा नेपालले सही गरेपछि नेपाल र चीनले खोजेको सुरक्षा, लगानी र आड्भरोसाको लाभ निकै माथिको मानिएको छ ।
अव चीन र नेपालवीच सडक, रेल, हवाई र विद्युतीय तथा इन्टरनेटजस्ता माध्यमबाट कनेक्टिभिटी अरु बढ्नेछ, नेपालले प्रष्ट रुपमा चीनसँग नेपालको विकासको कुन योजना अघि सार्ने निधोसम्म गर्न सकेको देखिदैन । चीन नेपाल रेल सेवामात्र प्रचारमा छ ।
चीनका सुपिङ लगायतका थिङ्क टेंकहरु नेपालले चीनलाई तिब्बत मामिलामा पश्चिमा षडयन्त्रमा नलागेर सुरक्षाको प्रत्याभूति दिनुपर्ने र नेपालको वैदेशिक लगानी कानुनहरु सुधार गर्न र नेपालमा चीनको लगानीका लागि उच्च इच्छाशक्ति राख्नुपर्ने बताउँछन् ।
यसबाट नेपालले चीनबाट खोजेको सहयोगबारेमा नेपाल
को होमवर्क नपुगेको स्पष्ट हुन्छ । नेपालले चीनको आर्थिक सहयोग त छँदैछ, नेपालको हिम्मत र आँटबृद्धि खोज्नुपर्ने नेपाली कूटनीतिक बेत्ताहरुको सुझाव छ ।
नेपालले चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दोहो¥याएको छ । गतवर्ष नै चीनका राष्ट्रपति नेपाल आउने खुब हल्ला चल्यो तर सम्भव पार्न सकिएन । यो वर्ष भने चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने वातावरण बनेको तर्क चिनियाँ थिङ्क टेंकहरु नै बताउन थालेका छन् ।
बल अव नेपालको कोर्टमा छ । नेपालले चीनले खोजेजस्तो ऐतिहासिक सन्धि सम्झौताको व्यवस्था गर्न सकेमा चीनका राष्ट्रपति नेपाल आउनेछन् । चीनका राष्ट्रपतिको वर्षदिनको कार्यक्रम पहिले नै तय हुने गरेका छन् । तथापि चीनले नेपाललाई महत्व दिएकाले राष्ट्रपति सीलाई नेपाल भ्रमणमा ल्याउन नेपाल चीन सम्बन्ध विकासको प्रष्ट योजनाका साथ नेपालले अनुरोध गरेमा राष्ट्रपति सी नेपाल आउन इच्छुक छन् भन्ने कुरा पटक पटक चीनका धारणा छापिने चाइना डेली र ग्लोबल टाइम्समा संकेतहरु देखिन्छन् ।
नेपालको सहभागितालाई चीनका सञ्चारमाध्यमले बढी महत्व दिनु पनि चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने संकेत हो ।
भारतले चीन पाकिस्तान इकोनोमिक करिडोर सीपेक र बीआरआईमा असन्तुष्टि जनाएको छ । नेपालले भारतभन्दा अघि बढेर चीनको योजनामा साथ दिनुले र दक्षिण एसियामा चीनको बढ्दो प्रभावलाई अझ मजबुत पार्न राष्ट्रपति सी नेपाल भ्रमणमा आउनसक्ने आँकलन अहिलेदेखि नै भइरहेका छन् । चीनले बीआरआईको ६ करिडरमा नेपाल नजोडिए पनि बुझ्न गल्ती गरेको छैन । बंगलादेश, भारत, म्यानमार पनि करिडरमा जोडिएका छैनन्, बीआरआई व्यापक छ, नेपाल र चीन मिलेर द्विपक्षीय योजनामा समेत अघि बढ्न सकिने चिनियाँ अभिव्यक्ति आइरहेका छन् । चीनले नेपाल–चीन करिडरको अघि बढाउन सकिने आश्वासन समेत नेपाललाई दिएको छ ।