काठमाडौं । सरकारले ३५ दिने म्याद दिएर फागुन २८ गते विप्लव माओवादीलाई हतियारबुझाउने सूचना दिएको थियो । यो म्याद सकिएको छ । नेकपाका महासचिवले पनि वैशाख ५ गतेभित्र लगाएको प्रतिवन्ध फुकुवा गर्न म्याद जारी गरेको थियो । दुवैको म्याद सकिएको छ । नेत्रविक्रम चन्द विप्लवले आक्रोशयुक्त आवाजमा नेकपाको सरकारको कानको जाली फुट्ने गरी भनेका छन्– पक्राउ परेका छाडिएनन् र यातना दिन रोकिएन भने कडा रुपमा प्रस्तुत हुन बाध्य हुनेछौं ।
के अव सरकार र विप्लव माओवादीवीच भीडन्त हुनै लागेको हो त ? विप्लव माओवादीले नेपाल बन्द गरेर र केही ठाउामा बम पड्काएर ओली सरकारको सातो लिइदिएको छ ।
सरकारले राप्रपालाई वार्ताका लागि पत्र पठाइसकेको सन्दर्भमा विप्लवमाथि किन कडा रुख ? विप्लवले संविधान मानेनन्, तर उनी राजनीतिक शक्ति हुन् र देशको सार्वभौमिकताको सम्मान गर्दै आन्तरिक बैचारिक युद्ध लडिरहेका छन् ।
प्रचण्ड भन्छन्– हतियारले कुनै परिवर्तन आउन सक्दैन । हिजो १० वर्षे जनयुद्धमा प्रचण्डले हतियार उठाए कि फूल ? आज सैद्धान्तिक युद्ध पनि लड्न नपाइने ? नेकपाले रोक्न सक्छ विप्लवलाई ? प्रतिपक्षी सत्तावादीजस्तो देखिएको यतिबेला विप्लव त्यस्तो शक्ति हुन् जसले नेकपाको राष्ट्रघाती कुनै पनि कदमलाई रोक्न, छेक्न सक्छन् ।
यद्यपि विप्लव जनवादका लागि आयो माओवादी भन्दै अर्को माओवादी जनयुद्धको तैयारी गरिरहेका छन् । नेकपाको सरकारले विप्लवसाग वार्ताका माध्यमबाट सहमतिको विन्दु खोज्न सक्छन् । विप्लवका नेता कार्यकर्ताको पक्राउ, तिनीहरुमाथि यातना दिएर विप्लव माओवादीलाई सफाया गर्न सकिन्छ भन्ने अहंकारले छोपेको हो भने त्यो देशको दुर्भाग्य हुनेछ । नेकपालाई दुई तिहाइ दिने जनताले आफैलाई धिक्कार गर्नुपर्ने दिन पनि आउनसक्छ ।
सरकारले सीके राउतसाग वार्ता गर्ने, राप्रपासाग वार्ता गर्ने, विप्लवसाग वार्ता नगर्ने ? यता बैद्य र अरु साना दलहरु पनि अर्को एकताबद्धता खोजिरहेका छन् । राजपाले दिएको समर्थन फिर्ता लिइसकेको छ । यो अवस्थामा नेकपाले बुद्धि पु¥याएन र आन्तरिक शक्तिहरुसाग भिडन्त गर्ने मनस्थिति बनायो भने त्यो नेकपाका लागि बुमे¥याङ हुनसक्छ । मूल्य जनताले चुकाउनु पर्नेछ । आखिर घाटा त देश र जनताालाई नै हो ।
सरकारले विप्लवका कार्यकर्ता जहाा भेटिए पनि धरपकड गरिरहेको छ । विप्लवका सयौं नेता कार्यकर्ता पक्राउ परिरहेका छन् र तिनलाई यातना दिएर आफ्नो पार्टीभित्र पसाल्ने रणनीति पनि नेकपाले लिएको देखिन्छ ।
उता विप्लव मओवादीले जतिसुकै नेता कार्यकर्तालाई पक्राउ र यातना दिए पनि आफ्नो शक्ति सञ्चय, तालिम, संगठन विस्तारमा कुनै कमी गरेका छैनन् । समाचारस्रोतहरु भन्छन्– विप्लवको शक्ति निकै बढिसकेको छ । सरकारको रवैया नबदलिने र प्रहरी आक्रमण गरेको कुनै पनि क्षण विप्लव माओवादी देशव्यापी रुपमा पड्काउन तैयार भइसकेको छ । ३ कमाण्ड, १७ व्यूरो, सयौं स्थानीय सरकार गठन गरिसकेको विप्लव माओवादी चानचुने शक्ति चाहिं रहेन । विप्लवसाग लड्नसक्ने दस्ता, जनसेना, हतियार तैयार भइसकेको छ ।
प्रचण्ड माओवादीले समायोजनमा जाादा सबै हतियार बुझाएन । ती हतियार खोलाले बगायो भनेका थिए प्रचण्डले । ती हतियार र भारत, अमेरिकी हतियारसमेत विप्लवले अवैध बजारबाट जम्मा गरिसकेको सुरक्षालाई पत्तो लागिसकेको छ । पक्राउ परेका विप्लवका कार्यकर्तासाग जनयुद्धकारी समयका हतियार बरामद भएको खबर सार्वजनिक भइसकेको छ ।
माओवादीको देशव्यापी संगठन, ताकतबारे सुरक्षा निकायले व्रिफिङ दिइसकेपछि गृहमन्त्रीले वार्ता हुादैछ भनेका थिए । वार्ता भएको छैन । गृहमन्त्री र विप्लव जनयुद्धकालका सैनिक कमाण्डर नै थिए । जो आमने सामने भएका छन् ।