संवैधानिक निकायका पदहरु बिक्री वितरण र भागबण्डापछि मानपदवी, विभुषणको पनि दलीयकरण । भागबण्डा । योभन्दा गएगुज्रेको शासन के हुनसक्ला ? हुन त चारथान निवन्ध लेखेर कूलपति हुनपाइने, आफ्नो नाम शुद्ध लेख्न नसक्ने व्यक्ति प्राज्ञ हुन पाइने देश यो । अनियमित रुपमा संगीत एकेडेमी गठन हुने अदालतमा मुद्दा परे परिरहोस्, दलका झोलेहरुले काम गरेर मजाले राजस्व कुम्ल्याउन पाइने देश हो यो । यस्तो देशमा यसपटक पनि मानपदवी, विभुषणको राम्रैसाग दूरुपयोग भएको छ । बुद्धिजीवी, चिन्तकहरुको टिप्पणी छ– पप्पु कन्स्ट्रक्शनलाई प्रवल जनसेवा पदक कसो दिइएन ? यत्ति कमीभो ।
अघिल्ला बर्षमा राष्ट्रपतिबाट दिइने पदक, विभुषण खरिदबिक्री भएको आरोप लागेको थियो । पत्रकारलाई दिइने पुरस्कारमा समेत राजनीतिक भागबण्डा लगाउनेले मानपदवी, विभूषण के बााकी राखुन् ? यो वर्ष त मेडिकल काउन्सिलको परीक्षा पास गर्न नसकेका राम थापाले पनि पदवी पाए, भ्याट बीलमा मुद्दा चलेका अपचलनकारीलाई पनि राष्ट्रपतिले विभूषित गरिदिइन् ।
नयाा वर्षका अवसरमा बितरण गरिने पदक अथौत राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएका भनेर ९६ जनाले सुप्रवल श्रीले सम्मानित भएका छन् । गजब राजस्व छलीमा न्यायाधीकरणले दोषी भनेका व्यक्ति पुरस्कृत, कस्तो दुभाग्यपूर्ण समाचार ।
अर्को अचम्म, ललिता निवासले चर्चेको बालुवाटारको सरकारी जग्गा भूमाफियासाग मिलेर अनियमितता गर्ने समेतलाई सरकारले पुरस्कृत गरेको देखियो ।
वर्षदिनमा ३६५ दिन हुन्छ, ६६४ दिन बनाएर भत्ता खाने डाक्टर फणिन्द्रप्रसाद बराल पनि यो वर्ष जनसेवाश्री बाट पुरस्कृत हुनपुगेका छन् । यस्ता कति छन् कति ?
बिधिले चल्नुपर्ने लोकतन्त्र लोकका नाममा नेताहरुले व्यापार चलाएजसरी चलाइरहे के होला ?