Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

'जाजरकोट जानुपर्ने सरकार' इण्डोनेसिया र थाइलेण्डतिर

०७ सोमबार , बैशाख २०७२१० बर्ष अगाडि

लोकतन्त्रका ४ नाइके छन्– राष्ट्रपति, प्रधानमन्त्री, सभाध्यक्ष र सभासद। यी चारैथरिलाई जाजरकोट दुःखेको छैन। मरे मरेरहुन् जाजरकोटे, कालिकोटे, रुकुमेलीहरु। तिनलाई महामारीले जति मारे पनि हुन्छ भन्ने संवेदनहीन लोकनायकहरुलाई

लज्जाबोध छैन। जाजरकोटेहरु उपचार मागिरहेका छन्, लोकनायक सुशील कोइराला १७ जनाको हुल बोकेर हाँस्दै, खुसी हुँदै इण्डोनेसिया हिँडे। उनको उपचार बैंककमा हुनेछ। बाँकी लोकनायकहरु जाजरकोटको चित्कार सुन्दैनन्।
जाजरकोटमा मर्नेको संख्या २७ पुगिसक्यो। दूरदराजमा कति मरे कसले हिसाव जोड्ने? ०६६ सालमा विश्व खाद्य कार्यक्रमले कुहिएको खाद्यान्न बाड्दा सोत्राम हुनेगरी जाजरकोटीले अकालमै ज्यान गुमाए। अहिले फ्लूको महामारी चम्केको छ। डाक्टर

जान मान्दैनन्, ओखतीको हाहाकार छ। लाग्छ, जाजरकोट नेपाल होइन। जाजरकोटीको काम भोट दिनुमात्र हो। जाजरकोटमा लोकतन्त्र आएकै छैन। सरकारले नहेरेपछि जाजरकोट, रुकुमतिर मष्टा देउतालाई भाकल गरेर बोको चढाउन थालिएको

छ।
यो कस्तो लोकतन्त्र हो, जहाँ लोक मरिरहदा जिम्मेवारीवोध कसैले गर्नै पर्दैन। स्वास्थ्यमन्त्री मिडियाले हल्ला गरे भनेर तीतो पोख्छन्, जबकि उनी जाजरकोट फ्लू सर्छ भनेर जान सक्दैनन्। जाजरकोट ज्वरोले इन्तु न चिन्तु छ। छिन छिनमा मरिरहेको छ

जाजरकोट। वैशाख ५ गते दुई जनाले ज्यान गुमाएपछि फैलिएको फ्लूले छिमेकी जिल्लासमेत महामारीको चपेटामा आइसक्यो। यो राष्ट्रिय संकट हुनुपर्ने हो, यो महामारीले राज्यलाई छोएन। जे जति क्याम्प खडा गरिएका छन्, त्यहाँ औषधि छैन। जसले

जचाए, तिनलाई ओखती किन्ने पर्चा थमाइन्छ र ओखती पाइदैन। गाउँले क्याम्पसम्म आउन सक्दैनन्, राज्य बिरामीसम्म पुग्दैन। चिकित्सकहरु नै भन्छन्– उपचार सदरमुकाम केन्द्रीत छ। यो टाउको दुख्ने, ज्वरो आउने महामारी अझ फैलिनसक्ने

खतरा देखिएको छ। अहिले जाजरकोट, रुकुम र अन्य जिल्लामा गरेर झण्डै हजारजना फ््लूले थलिएको अनुमान छ। रगतको स्याम्पल लिन गएको सरकारी टोली रित्तै हात फर्क्यो– सरकार निर्लज्ज छ। जतिसुकै दावी गरे पनि सरकारले जनतालाई

जिउँदै मारिरहेको छ। जनताको बाँच्न पाउने अधिकार सरकारले खोसिरहेको छ। जे जति मानवीय क्षति भएको छ, त्यसको जिम्मेवार सुशील सरकार हो।