Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जनताले राजतन्त्र रोज्न सक्छन्

२५ सोमबार , चैत्र २०७५७ बर्ष अगाडि

काठमाडौं । निरन्तर संघीयता यो देशले धान्न सक्दैन, एकता भाँडिन्छ भन्दै आएका राजमोका अध्यक्ष चित्रबहादुर केसी पछिल्लो समय नागरिकता विधेयक पारित भयो भने नयाँ नागरिकको अतिक्रमणले नेपालको अस्तित्व मेटिन्छ भनेर चिन्ता गर्दै आएका छन् ।
चित्रबहादुर केसीको अर्के चिन्ता छ– राजनीतिको नाम लूटतन्त्र, भ्रष्टाचार, महगी, कूशासन हो भने संघीयता धान्न सकिन्न, यो भ्रष्ट संघीयताले देश खारेज हुनसक्छ । ठेकेदार बन्ने हो जनप्रतिनिधि ? चित्रबहादुर केसीको प्रश्न छ । ठेकेदार पहिले कि जनता पहिले ?
यति धेरै राजा किन पाल्ने ? एउटा राजा पाले हुन्छ भन्ने परिसक्यो । यस्तै लथालिङ्ग संघीयता अघि बढाउने हो भने जनताले राजतन्त्र रोज्न सक्छन् ।