Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विकल्प हामी

२५ सोमबार , चैत्र २०७५७ बर्ष अगाडि

मोहन बैद्य, जयुद्धका डिजाइनर पनि थिए, उनले चैत २४ गते आक्रोसित मुद्रामा बोलेका छन्– आवश्यक परे हतियार उठाइन्छ । बेलैमा सरकार चेतोस्, शासकले बन्दुक राख्न पाउने, जनताले नपाउने किन ?
नकेपा क्रान्तिकारीका अध्यक्ष बैद्यले भातृ संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा देजमोको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै देशले नयाँ विकल्पको खोजी गरेको छ, हामी त्यो विकल्प हौं, विकल्पका लागि हामी तैयार हुनुपर्छ भन्ने उद्घोष गरेका छन् ।
वैद्यले भनेका छन्– सत्ता बाहिर रहेका जनवादी गणतन्त्र पक्षधर कम्युनिस्टहरु, हामी मिल्यौ भने यो व्यवस्था ढाल्न सकिन्छ । आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ । शासकले बन्दुक राख्न पाउने जनताले राख्न नपाउने भन्ने हुन्छ ? आवश्यक परे जनआन्दोलन, जनविद्रोह र सशस्त्र विद्रोहका लागि तयार हुनुपर्छ ।
अब सत्ता बिना अरु केही काम छैन । सत्ता कसको जनताको की प्रतिक्रियावादीको ? भन्ने प्रश्न मुलभूत रुपमा हो । जनताको सत्ता स्थापनाका लागि संघर्ष आवश्यक छ ।
यो सरकार कम्युनिस्ट सरकार होइन र कम्युनिस्टको बदनाम गर्ने सरकार हो । प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली को नारा लफ्फाजीमात्र हो । हाम्रा उब्जाउ जमिन बाँझो राखेर विदेशबाट अन्न आयात गरेर, हाम्रा रोजगार युवालाई विदेश पठाएर, नेपाली नदी नाला विदेशीलाई वेचेर समृद्धि आउँछ ? नेपालमा विदेशी लगानीको नाममा विस्तारवाद भित्र्याइएको छ ।
भारतीय विस्तारबादको साहरामा नेपाल प्रवेश गर्ने अमेरिकी साम्राज्यवाद अहिले सिधै नेपाल पस्न थालेको छ । इन्डो प्यासिफिक रणनीति अनुसार नेपालमा अमेरिकाले खेल्न थालेको छ । यसैको परिणाम स्वरुप सिके राउतसँगको सहमति यसैको परिणाम हो ।
विप्लव माथिको प्रतिबन्ध किन ? ओलीले झापा विद्रोह सम्झनु पर्छ, प्रचण्डले जनयुद्ध सम्झनुपर्छ । कम्युनिस्ट नामको सरकारले कम्युनिस्टमाथि प्रतिबन्ध लगाउने ? बिगत हेर्नुपर्दैन ? २८ सालको झापा विद्रोह, ०५२ को जनयुद्ध सम्झनु पर्दैन ?