Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्वराजासग किन थरहरि

१८ सोमबार , चैत्र २०७५६ बर्ष अगाडि

काठमाडौं । हाासोको पात्र बन्न थालेको दुई तिहाइको सरकार अव आफ्नै छायाासाग पनि झसाङ्ग तर्सिन थालेको छ । मन्त्रिपरिषदको बैठकमा पूर्वराजा र भारतीय राजदूत किन भेट भयो, के कुरा भए ? भन्ने सम्बन्धमा छलफल हुनुले ओली सरकार पूर्वराजाको मठमन्दिर, पीठ दर्शन र भेट्न आएका सर्वसाधारणको भीड देखेर सातो जान थालेको विश्लेषण हुनथालेको छ ।
यद्यपि पूर्वराजाले कतै पनि राजनीतिक चासो राखेका छेनन् । सर्वसाधारणले भेट्न आउादा दुःखेसो गर्छन्, राजनीतिक दलहरु र सरकारको अत्याचारबारे आक्रोश पोख्छन्, पूर्वराजा सुन्छन् र चित्त दुखाउाछन् ।
पर्वपर्वमा पूर्वराजाले दिने सन्देश र कहिले कहिले पत्रकारले सोधिहाले– जनअसन्तुष्टि बढेको कुरा गर्छन् र यस्तो दुर्दसाका दिन देख्न छाडेको हो र ? भन्ने प्रश्न अघि सार्छन् ।
चैत ३ गते जनकपुर पुगेका पूर्व राजा होटल सीताशरणमा बसेका थिए, जनकपुर जयनगर रेलवेको निरीक्षण गर्न गएका भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि त्यही होटलमा बसेछन् । प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका सुलसुलेले राजा र राजदूत भेटेको रिपोर्टिङ गरेपछि ओली सरकारको क्याविनेट बैठकमै पूर्वराजा ज्ञानेन्द्र शाहको चर्चा भएको र सार्वजनिक रुपमा प्रधानमन्त्रीले पूर्वराजालाई आफ्नो थान्कामा बस्न चेतावनीयुक्त स्वरमा सुझाव दिएका थिए ।
यद्यपि होटल र दूतावास स्रोत भेट नभएको बताइरहेका छन् । भेटे पनि यो भेट किन आपत्तिजनक ठान्यो सरारले, भेट हुादैमा सरकार आतंकित हुनपर्ने किन, यो प्रश्न पनि गम्भीर छ ।
पूर्वराजा बारा, पर्सा, सर्लाही, धनुषा, सिरहा, उदयपुर, सप्तरीका बिभिन्न पीठको दर्शन सकेर झापा, इलाम, पााचतिर लागेका छन् । पूर्वराजाको यसपटकको तराई र पहाड भ्रमणमा सर्वसाधारण, प्रशासनिक व्यक्ति, राजनीतिक दलका नेता, विचारकदेखि कार्यकर्ताहरुले समेत विशेष भेटवार्ता गरिरहेका छन् ।
पूर्वराजा १९ र २० गते पााचथर र इलामका शक्तिपीठको पूजादर्शन सकेर २१ गते झापा झर्ने र अर्को डेढहप्तापछिमात्र राजधानी फर्कने कार्यक्रम रहेको जानकारी आएको छ ।
तराईमा व्यापक स्वागत र समर्थन पाएका पूर्वराजाको जनजाति बाहुल्यता रहेको इलाम र पााथरमा पनि जयजयकार भएको छ । सरकारको भन्दा पूर्वराजाको बढ्दो लोकप्रियतामात्र होइन, राजतन्त्र आयो आयो भन्ने नाराले सरकार आत्तिएको देखिन्छ ।
संविधानलाई जनताले अपनत्व ग्रहण गर्न नसकेको, सिंहदरवार गाउापालिका सम्म पुगे पनि ७ सय ६१ सरकार नै भ्रष्टाचारमा डुबेको, लगानी सम्मेलनमा कुनै राष्ट्र वा उद्यमीले विश्वास गरेर ठूलो लगानीको बचन नदिएको, राजदूतहरु असफल भएको, मन्त्रीहरु नै भ्रष्टाचार र अधिनायकवादीजस्ता देखिएका कारणले पनि ओली सरकारले स्थिरता र शान्ति दिन नसकेको सन्दर्भमा आफ्नो असफलताबाट ओली सरकार बढी नै थरहरि भएको देखिन्छ । नसुध्रिए राजनीतिले करवट लिने पक्का छ ।