Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विप्लव र ओली प्रचण्ड आमने सामने

१८ सोमबार , चैत्र २०७५६ बर्ष अगाडि

काठमाडौं । जनयुद्धकारी प्रचण्ड ओलीसाग मिल्न गए, सरकारवादी बने । वैद्य क्रान्तिकारी माओवादी र विप्लव जनवाद ल्याउन विद्रोह छेडेर अघि बढेका छन् । यतिखेर हिजोका जनयुद्धकारी प्रचण्ड र उनका सहयोगी विप्लव आमने सामने खडा छन् । कसले कसलाई धुलिसात पार्छ । फागुन २८ गते नेकपा विप्लवमाथि प्रतिवन्ध घोषणा गरेको ओली सरकारले लगानी सम्मेलन सकिनासाथ भन्यो– कहाा प्रतिवन्ध लगाएको छ र ?
यसबाट पनि थाहा हुन्छ– ओली सरकार विप्लवसाग थरहरि नै रहेछ । आफ्ना कार्यकर्ताको धरपकडप्रति बिरोध जनाउन नेपाल बन्द गरेको विप्लवसागै आमनागरिकले आह्वान गरे, विप्लवले बन्द फिर्ता लिए । सरकारले फिर्ता गराउन सकेन ।
विप्लव समूह देशको आन्तरिक राजनीतिक शक्ति बनिसक्यो । प्रतिपक्षीदेखि बुद्धिजीवीहरुले समेत वार्तालाई महत्व दिनुपर्ने, प्रतिवन्ध समस्या बल्झाउने उपाय भनेर सरकारको आलोचना गरिरहेका छन् । आलोचना खप्न नसकेको नेकपाले कांग्रेस विप्लववादी भयो भनेर आरोप लगाएको छ ।
मोहन वैद्य जो हिजो जनयुद्धका अर्का कमाण्डर हुन्, उनले विप्लव माओवादीमाथि लगाएको प्रतिवन्ध फासीवादी निर्णय हो भनेका छन् ।