Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यो आकाशवाणी, मधेशवाणी कि कांग्रेस वाणी ?

१८ सोमबार , चैत्र २०७५६ बर्ष अगाडि

काठमाडौं । बिमलेन्द्र निधि, कांग्रेसका उपसभापति, उनी भन्छन्– हिन्दुराष्ट्र र राजतन्त्र आउादैन ।
सशांक कोइरालाले लामो समयदेखि जनमत संग्रहको मााग गर्दै आएका थिए, यही हप्तादेखि बोली फेरेका छन् । सभापति देउवा हिन्दुधर्मको मााग गर्नु स्वभाविक भन्न थालेका बेलामा उपसभापतिसमेत बोली फेरेर हिन्दुराष्ट्र आउन्न भन्न थालेका छन् ।
यसको अर्थ के यी नेताहरु आकाशवाणीबाट प्रभावित भएका हुन् त ? कांग्रेसको महासमितिमा बहुमत अर्थात ८ सय भन्दा बढी प्रतिनिधिले हिन्दुराष्ट्रको पक्षमा लिखित प्रस्ताव नै सभापतिलाई दिएका थिए । अचानक त्यो प्रस्तावमा छलफल रोकियो, अव महामन्त्री र उपसभापति हिन्दुराष्ट्रको बिपक्षमा उभिएको देखिनु भनेको कांग्रेस अर्को चुनावमा पनि पाहा पछारिएझैं पछारिन हो कि ?
९५ प्रतिशत ॐकार परिवार बसोबास गर्ने मुलुकमा हिन्दुराष्ट्र आउाछ भन्नु भ्रममात्र हो भन्नु यो आकाशवाणी, मधेशवाणी वा 
कांग्रेसवाणी के हो ? अव छुट्टिन जरुरी छ । निधिले पार्टी यो पक्षमा नरहेको खुलासा गरेका छन् ।
यिनै निधि भन्छन्, नेपाल अव नेपालमा लगानीकर्ता आउन् र समृद्धिका विभिन्न योजनामा स्वदेशी तथा विदेशीले लगानी गरुन् भन्ने हाम्रो चाहना हो तर सरकाका यसका लागि गर्नुपर्ने जति गृहकार्य नगरेर इमानदार बन्न नसकेको आरोप पनि निधिले लगाएका छन् ।