काठमाडौं । राजमोका अध्यक्ष चित्रबहादुर केसीले भनेका छन्– ३८ लाख भारतीयले नेपाली नागरिकता पाइसकेका छन्, ओली सरकार २३ लाखलाई नागरिकता दिने तैयारीमा जुटेको छ । नागरिकता विधेयक सम्बन्धि अन्तर्क्रियामा केसीले भारतीय नागरिकलाई अबैध रुपमा नेपाली नागरिक बनाउने साजिस छ ।
यतिमात्र होइन, केसीका अनुसार अंगिकृत नागरिकलाई संवैधानिक तथा कार्यकारी प्रमुख हुन पाउने प्रावधान राख्ने षडयन्त्र पनि भएको छ । यो सब षडयनत्रले नेपाललाई भारतमा विलय गराउने प्रक्रियालाई छिटो छरितो गराउने छ । यो रोक्न जरुरी छ ।
केसीले भारतीयलाई दिइएका नेपाली नागरिकता तत्काल खारेज हुनपर्छ । यसका लागि शक्तिशाली नागरिकता छानवीन आयोग गठन गर्न जरुरी छ । अवैध नागरिकलाई नागरिकता दिएर स्वीकार गर्न सकिदैन । यो विधेयक पास भयो र नागरिकता वितरण गरियो भने नेपाल छिटै भारतमा विलय हुनेछ ।
काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनाल, जो ओलीका विपक्षीजस्तो भूमिकामा छन् र ओझेलमा छन्, उनले समेत नागरिकता विधेयकका कमजोरी सच्याउन सरकारलाई अनुरोध गरेका छन् । खनालले नागरिकता ऐन सम्बन्धि विधेयकमा सन्तुष्टि लिने ठाउँ देखिएन । त्रुटीपूर्ण यो विधेयक सच्याउन सरकार र संसदसँग जोडदार माँग गरेका छन् । पार्टीका बरिष्ठ नेता भएर पनि नागरिक समाजले समेत खबरदारी गर्नुपर्ने बताएर खनालले आफ्ना कुरा पार्टीमा सुनवाई नहुने संकेत पनि गरेका छन् ।