Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारत सीमा मिच्दा, सरकार ट्वाल्ल

११ सोमबार , चैत्र २०७५६ बर्ष अगाडि

काठमाडौं । मेची महाकाली जागरण अभियान गरेर पार्टीलाई इस्पाती धारिलो बनाउन कस्सिएका नेकपा–माओवादीका नेता सीपी गजुरेलले बहुमतको ओली सरकार भारतले जताततै सीमा मिच्दा ट्वाल्ल परेको आरोप लगाएका छन् ।
सरकार र प्रतिपक्षी तैं चूप मै चूप किन ? भन्ने प्रश्न गरेका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले प्रत्येक नागरिकको अहिलेको मुख्य शिरोभारो भनेको मुलुकको स्वाधीनताको रक्षा गर्नु रहेको बताए । देश बचाउने जिम्मा संसदवादीको होइन, क्रान्तिकारी जनताले मात्र गर्नसक्ने निष्कर्ष निकालेका छन् । यही कुरा गजुरेल देशैभरि जनसभा गर्दै भन्दै जागरण अभियान सफल पार्दै हिडेका छन् ।
सीमामा मिचिएका छन्, छिमेकीले सीमा क्षेत्रमा ठूला ठूला ड्याम बनाइरहेका छन्, सडक निर्माण गरिरहेको छ, दुई तिहाइको बहुमतको सरकारले देशभक्तिपूर्ण काम नगरेकाले जनता उठ्नुपर्ने समय आएको भनिरहेका छन् ।
फागुन ७ गते झापाबाट सुरु गरेको जागरण अभियान हरेक प्रदेश हुँदै फागुन २१ गते चितवनमा समापन गरेका थिए । गजुरेलले अव नयाँ आन्दोलनको सुरुआत हुने घोषणासमेत गरेका छन् । यो अभियानको निष्कर्ष भनेको जनताको जनगणतन्त्रले मात्र राष्ट्रिय स्वाधीनता, जनजीविका र जनताको सुरक्षाको प्रत्याभूति दिनसक्ने प्रचार गरिएको छ । जुन यतिबेला सपनाजस्तै लाग्छ ।