Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिन्दराष्ट्रका लागि महाभारतजस्तै युद्धं

०४ सोमबार , चैत्र २०७५६ बर्ष अगाडि

जनसंघर्षको पहिलो चरण ः
चैत १२–१६ गते प्रचार, चैत १७–२३ गते हस्ताक्षर संकलन अभियान, चैत २५ गते सिंहदरवार अगाडी, प्रदेश राजधानी र जिल्ला सदरमुकाममा धर्ना, चैत २८ गते  स्थानीय तहमा धर्ना, बैशाख ५ गते जिल्ला जिल्लामा धर्मर्िनरपेक्षताको व्यानर जलाउने, बैशाख ८ गते राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने ।
काठमाडौं । मेची महाकाली जागरण अभियान समाप्त गर्दै राप्रपाले हिन्दुराष्ट्र पुर्नस्थापना नगरे महाभारतजस्तै युद्ध सुरु हुने चेतावनी दिएको छ । १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन गर्दै यस्तो चेतावनी दिएको राप्रपाले चैत १२ गते देखि २०७६ वैशाख ८ गते राजामार्ग र चोकहरुमा सत्याग्रह थाल्ने जनसंघर्षको कार्यक्रम अघि सारेको छ । राप्रपाले पाण्डवको माँग नमान्दा महाभारत भएजस्तै महाभारत हुने स्मरण सरकारलाई गराएको छ । हाम्रो माँग तत्काल पूरा गरियोस् ।
९५ प्रतिशत जनताको आस्था हिन्दुराष्ट्र पुनर्स्थापनाको बिकल्प छैन ।
राष्ट्रिय एकताका लागि राजसंस्था अनिवार्य आवश्यकता हो ।
राप्रपाले थालेको जनसंघर्षमा सर्वसाधारणको असाधारण समर्थन, सहयोग र सहकार्य देखिएको छ । यसकारण पनि राप्रपा हौसिन पुगेको हो ।