Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेकपाभित्र सिके भुइँचालो

२७ सोमबार , फाल्गुण २०७५७ बर्ष अगाडि

राज्यपक्षले राज्यपक्षजस्तै समानान्तर सम्मान दिएर मधेश स्वतन्त्र गठबन्धनका सीके राउतसँग सहमति गरेपछि नेकपाभित्र सन्नाटा छाएका छ । नेकपाका दुई पाइलट प्रम ओली र प्रचण्डको निर्णयमा सीके राउतलाई यो समानान्तर सम्मान दिएपछि अचम्ममा परेको नेकपा पंक्ति सीके राउत मधेश पुग्नासाथ स्वतन्त्र मधेश, जनमत संग्रह, फ्रि मधेश, नयाँ देश, एसियाको नयाँ मुलुक भनेर स्वतन्त्र मधेशको झण्डा फहराएपछि गृहमन्त्रीलाई बिजाएछ– उनले संसदमा बोल्दै भनेका छन्– धोका दिने सिद्धिन्छ । जनअभिमतको अर्थ जनमत संग्रह होइन । सहमति विपरित जाने सिद्धिन्छ । सरकार अलिकति पनि चिप्लेको छैन ।