काठमाडौं । सेनाले पम्प चलायो, अस्पताल, स्कूल, मेडिकल कलेज चलायो, सकल दर्जाका लागि जग्गा प्लटिङ्सम्म गर्न भ्याइरहेको छ । नेपाली सेनाले नभएको एउटै काम छ– सीमा सुरक्षा । यसरी नेपाली सेनाबारे तिक्तता पोख्नेहरु बाक्लै देखिन थालेका छन् । केही नपाएर केही महिना अघि सेनाले रेडियो चलाउनु हुन्न भन्नेहरु अहिले चुप लागे पनि सेनाभित्र अराजकता छ, भ्रष्टाचार छ, सेना खाएर सुती बसेको छ भन्ने नकारात्मक कुरा गर्ने धेरै निस्केका छन् ।
सेना परिचालन गर्ने सुरक्षा परिषदले हो । अर्थात प्रधानमन्त्री र राष्ट्रपतिको निर्देशन सेना परिचालन हुन्छ भने सेनाको आलोचना गरेर के हुन्छ ? सेनालाई सीमामा खटाउनु प¥यो, सेना सीमा सुरक्षामा खटिनु प¥यो भनेर दबाब दिने सरकार र राष्ट्रपतिलाई हो । सरकारले संविधानअनुसार आदेश दिएपछि सेना परिचालित भइहाल्छ । सेनालाई सीमा सुरक्षाको जिम्मेवारी नदिदा सेना बदनाम भइरहेछ, बदनाम गर्ने पार्टीकै झोले नेता, कार्यकर्ता र बुद्धिजीवी हुन् । सेनाका बारेमा आलोचना गर्नुभन्दा पनि सेनालाई व्यवसायिक बनाउन दबाब दिनुप¥यो ।