Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतका लागि फेरि ३ गोर्खा मारिए

१३ सोमबार , फाल्गुण २०७५६ बर्ष अगाडि

काठमाडौं । गत मे २२ मा भएको काश्मिर श्रीनगरमा आतंकमा ३ गोर्खा रविन शर्मा, डम्बर पुन र गिरिश गुरुङ मारिएका थिए । तिनको शव तिनका परिवारलाई दिइएन । गत शुक्रवारको पुलवामा आत्मघाती आतंकमा ४४ जना मारिए, त्यसमा ३ गोर्खा सैनिक मारिएको सूचना वीवीसीले जारी गरेको छ । नेपाल सरकारले त्यो समाचार सुन्यो र चुपचाप बस्यो । भारतका प्रधानमन्त्री मोदीले नेपालीलाई छोडेर ४१ लाई शहिद घोषणा गरेका छन् । भारतले पाकिस्तानसँगको कुनै पनि मोर्चामा नेपाली गोर्खालाई
 फ्रन्टलाइनमा राखेर गोलावारी गर्छ । यहीकारणले मर्ने पहिलो सिकार गोर्खा नै हुन्छन् । यसपटकको आत्मघाती बिस्फोटमा पनि ३ नेपाली परेर मरेका छन् । यसबारेमा भारत सरकारले प्रष्ट केही भनेको छैन र जो गोर्खा सैनिक मारिन्छ, तिनका परिवारजनलाई टेलिफोनमार्फत जानकारीसम्म दिइन्छ तर शव हिन्दु परम्पराअनुसार सद्गद गर्न दिइदैन । भारतका सिपाही मर्दा सहिद भनेर सम्मानका साथ राष्ट्रिय समाचार बनेर तिनको सद्गद गरिन्छ, नेपाली गोर्खा मारिदा भारती सेनाले उतै सद्गत गर्ने गर्छन् । गोर्खा भर्ति रोक्न नसक्ने नेपाल सरकारले यो विभेदबारे पनि बोल्ने आँट गर्दैन ।
गोर्खा सैनिकबारे १९९० मा दिल्लीमा एक पत्रकारले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल सरकारले मधेशीहरुलाई किन नेपाली सेनामा भर्ति गर्देन ? भनेर सोधेपछि मुहफट नेता भट्टराईले जवाफ दिएका थिए– भारतले गोर्खा राइफल्समा किन मधेशीलाई भर्ना लिन्न ? भन्न प्रतिप्रश्न गरेका थिए । त्यतिबेला नेपाली सेनामा १० हजार मधेशी फौज सिधै भर्ती गर्नुपर्छ भन्ने आवाज उठेको थियो । यद्यपि अहिले सेनाभित्र समावेशी सिद्धान्त सुरु भएको छ ।
भारतले पाकिस्तानलाई आतंकबादी राष्ट्र भन्यो र हमलाको जिम्म्ेवारी जैसे मोहम्मदले लिएको छ । भारतले कडा जवाफ दिन्छु भनेपछि पाकिस्तानले पनि हमला भए युद्ध हुन्छ भनेर तैयारी थालेको छ ।