काठमाडौं । भोलि फागुन १५ गते देखि चैत १ गतेसम्म राप्रपाले मेची महाकाली स्वाभिमान यात्रा ताप्लेजुङबाट सुरु गर्दैछ । राप्रपा नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयता र राजतन्त्रका बारेमा जनमत संग्रह हुनुपर्ने लगायतका २२ माँग प्रधानमन्त्री समक्ष राखेका छन् । यिनै माँग बोकेर राप्रपाले मेची काली स्वाभिमान यात्रा सुरु गर्ने तैयारीमा जुटेको छ । यो स्वाभिमान यात्रालाई राप्रपाले जनसंघर्षको नाम दिएको छ ।
फागुन ७ गते प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाएका राप्रपाका अध्यक्ष कमल थापाले प्रम ओलीसँग एक्लाएक्लै वार्तासमेत गरेका थिए । राप्रपा जाज्वल्यमान हुनुपर्छ भन्ने मान्या राख्ने समर्थकहरु यसकारण अध्यक्ष कमल थापासँग आक्रोसित छन् कि धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रवादी केपी ओलीलाई ज्ञापन दिएर र ओलीसँग मागेर हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र पाइन्छ ? उनीहरुले ढुङ्गा हानेर खासेका कुराहरु कम्तिमा सडक आन्दोलन चर्काएर खोसेरै लिनुपर्छ । माँग्नेलाई तातो भात नीतिले राप्रपा सशक्त बन्न सक्दैन भन्छन् उनीहरु ।