काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रलाई मूल मुद्दा बनाएर देशव्यापी जनसंघर्षमा उत्रिने साइत फागुन १५ लाई बनाएको छ, यता राप्रपासँग सहकार्य गर्न नसकेको राप्रपा संयुक्त अर्थात पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले राजतन्त्र फर्किने घोषणा गरेका छन् । राप्रपा संयुक्तले नेकपा र नेपाली कांग्रेस असफल भइसक्यो, अव जे गर्छ राप्रपा संयुक्तले गर्छ, राजतन्त्र फर्काउँछ भन्दैछ ।
सत्ताधारी नेकपा र प्रतिपक्षी कांग्रेस यो एक वर्षमा असफल भइसक्यो, अव हाम्रो पालो आयो, गणतन्त्रवादी दुबै पार्टी फेल भइसके, अव राजतन्त्र फर्किनसक्छ । प्रधानमन्त्री ओलीका
लागि यो मौका थियो, ०४६ सालपछि कम्युनिष्टले पूर्ण बहुमत मात्र होइन, दुई तिहाइको बहुमत ल्याउन सफल भएको थियो । यो मौका आलीले पनि गुमाए । यो एकवर्षमा सरकारले हासिल गरेको उपलव्धि शून्य बराबर छ ।
व्यापारघाटा कहालीलाग्दो छ । भ्रष्टाचार छाडा साँढे बनेको छ । सुन काण्ड, एनसेलको लाभकर छुट र वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार ठूलो घोटाला हो । नेपालको परराष्ट्रनीतिमा पनि सन्तुलन राख्न सकेन । कूटनीतिक सीप र क्षमता जिरो देखियो । सरकारले जे गरिरहेछ, सही काम गरिरहेको छैन । चुनावमा सफल, शासनमा असफल सरकार हो यो । यस्तो सरकारले नयाँ नेपाल बनाउन्न ।