Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ओली सरकारले घृणा बढायो

०६ सोमबार , फाल्गुण २०७५६ बर्ष अगाडि

मार्र्गिचत्र, लगानी, पूर्वाधार केहीको मूर्त स्वरूप बिनाको निराकार पानी जहाज कार्यालयको उद्घाटनमा ओली सरको महावाणी नदीको आकारअन्सारका जहाज बनाइन्छ, पुल उचालेर भए पनि पानीजहाज चलाइन्छ । बाफ रे यो सपना, यो परिकल्पना, यो उमङ्ग, यो उन्माद, तब न विरलाकोटी प्रतिभा खड्गप्रसाद ओली । – खगेन्द्र संग्रौला
प्रधानमन्त्रीज्यू भ्रष्टाचारको छानविन होस् या अकुत सम्पत्ति शुद्धिकरण मार्फत गरियोस् । कसले कसरी कुन श्रोतबाट सम्पत्ति जोडेको भन्ने कुरा अख्तियारलाई भन्दा सम्पत्ति शुद्धिकरणले नै शुद्ध गर्ला ? बरु त्यसलाई प्रधानमन्त्रीज्यू कै मातहतमा राख्नु प¥यो । ४० हजार तलव खानेको ४० करोडको सम्पत्ति अख्तियारले हेर्न सक्ला जस्तो छैन । – पत्रकार बैकुण्ठ भण्डारी
अत्यन्त तरल राजनैतिक स्थिति । सत्ता पक्षका दुई नेतृत्ववीच महाभारत शुरू । प्रतिपक्ष आफ्नै नेतृत्व परिवर्तनको चर्को संघर्षमा केन्द्रित । दलहरूको आन्तरिक कलहले राष्ट्र निर्माणमा लगाउनु पर्ने सम्पूर्ण समय खेर गएको विगतदेखि असफलता ढाकछोप गर्न राष्ट्र र जनतालाई वन्धक वनाइयो । जनताले कतिञ्जेल सहने ?
नेपालको संविधान (२०७२ नलेखिएको) को प्रस्तावनामा सशस्त्र संघर्षलाई सम्मान गर्दै भनेर हत्या, हिंसा, रक्तपातलाई संवैधानिक पृष्ठपोषण गरिएको छ । भोली नेपालमा अर्को कुनै अमुक गिरोहले कुनै पनि एजेण्डा उठाएर सशस्त्र विद्रोहको घोषणा ग¥यो भने संविधानका पक्षधर अहिलेका दल र नेताहरूले समर्थन गर्छन् ? जनतालाई जवाफ चाहियो । – मदनकुमार दाहाल
ओली कामरेडको अहंकारयुक्त गन्थन सुनियो है ? देशलाई आत्मनिर्भर बनाउने र जनतालाई राहत दिलाउने योजना कतै सुनियो त ? खाली फुस्रे कुरा, भ्रमपूर्ण सपना । खाली गाग्री खचल्केजस्तो । – नीमकान्त पाण्डे
राजा बिरेन्द्र ले आफ्नो अधिकार नेतालाई दिए । राजा ज्ञानेन्द्रले दरबार नै छोडिदिए । देशको माटो छोएर भनौं नेताले जनतालाई के दिए...?? – मनिराज सत्याल
प्रधानमन्त्री रोजगार योजना सह्राहनीय काम, बेरोजगार भत्ता अर्को सह्राहनीय बिषय हो । चिनिया उखान स्मरण गरौ “भोकालाई माच्छा दिने होइन माच्छा मार्ने कला सिकाउ । हाम्रो देशको आर्थिक दुरावस्था वा सामथ्र्यता र हाम्रो भ्रष्ट मानसिकताको कारण यो योजनाले अपेक्षित उद्देश्य पुरा गर्न सहज छैन । –शेखर ढुंगेल 
ठूला भ्रष्टाचारी नै भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा छन् अनि यो देशमा फस्टाएको व्यवसाय भ्रष्टाचार हुने नै भयो । रसुवागढी हुँदै डेढ अर्बको स्याउ भित्रियो । बेच्ने भारतीय किन्ने नेपाली । यही हो हाम्रो अर्थतन्त्र । यो सरकार चार बर्ष टिके अर्को चुनावमा नेकपा ध्वस्त अनि नेकांको सरकार । ऊ झन् लुट्नमा माहिर खानदानी लुटेरा । जनताको भागमा लुटिनु मात्रै । – शूरवीर पौडेल