Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्र र हिन्दुराष्ट्र ल्याउन एकता

२१ सोमबार , माघ २०७५६ बर्ष अगाडि

काठमाडौं । संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र र शून्य भ्रष्टाचारको सिद्धान्तसहित यी दुई राप्रपा गत शुक्रवार एक भएका छन् । यही सिद्धान्त हो कमल थापा नेतृत्वको राप्रपाको पनि । ३ राप्रपा एक बनेको भए ठूलै शक्ति बन्नसक्ने थियो । त्यो अवसर आपसी द्वन्द्वका कारण गुम्न पुगेको छ । अझै समय छ, सहमतिमा तीन राप्रपा एक बन्न सक्ने । बाँकी ७ पृष्ठमा
राप्रपा एक बन्न नसक्दा चुनाव हारेर सडकमा आइपुगेका छन् । राष्ट्रिय पार्टी बन्न सकेनन् । पार्टीको पसल त जसले पनि खोल्न सक्छ, पार्टीलाई राष्ट्रिय मूलधार बनाउन सक्ने ताकत यी तीन राप्रपामा थियो, जसले नेपाली कांग्रेस र नेकपालाई जोल्ट दिनसक्ने ल्याकत राख्ने थियो तर तीन नेताको व्यक्तित्व टकराव र पदलोलुपताले राप्रपा एक बन्न सकेन । बल्ल साना दुई घटक पशुपति शमशेर जबरा र डा.प्रकाश चन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा एक भएको छ । यो राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्रको सिद्धान्त बोकेकाले पनि कमल थापाले नेतृत्व गरेको राप्रपासँग मिल्ने हुनसक्ने अनुमान गर्न सकिन्छ । नेपाल बिस्तारै दुई पार्टी व्यवस्थामा पनि जानसक्छ, नेकपाको राजनीतिले यस्तै देखिन्छ ।