Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

२० अर्व भत्ता नेताहरु मात्र खान्छन्

१४ सोमबार , माघ २०७५८ बर्ष अगाडि

काठमाडौं । राजाको भत्ता ४ करोड भयो भनेर राजतन्त्र फालियो, अहिले २० अर्व भत्ता नेताहरुलाई जान्छ । अव नेता फालेर राजा आउँदैन कसरी भन्ने ? भ्रष्टाचार, अनियमितता र असंवैधानिक काममात्र भइरहेको छ, जनताले राजा आउ देश बचाउ भन्न बाध्य पारिएको हो । यस्तै गुनासो छ राजमोका अध्यक्ष चित्रबहादुर केसीको । एउटा निष्कलंक नेता केसीको यो प्रतिक्रिया यतिबेला सामाजिक सञ्जाल र अनलाइनभरि पढ्न सकिन्छ ।
यी तिनै नेता हुन्, जो संघीयताले देश टुक्रा टुक्रा हुन्छ भनेर आन्दोलन गरिरहेका छन् । नागरिकता विधेयक पारित हुनुहुन्न भन्नेमात्र होइन, नागरिकता छानबिन समेत हुनुपर्छ भन्छन् । तर नागरिकता छानबिन हुनुहुन्न भनेर राजपाका नेताहरु संसदीय समितिमा कुर्लन थालेका छन् ।