Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सैनिक सरकार पनि हेर्ने कि ?

१४ सोमबार , माघ २०७५६ बर्ष अगाडि

काठमाडौं । भ्रष्टाचार कतिसम्म व्यापक भएछ भने फास्ट ट्य्राकको काम सेनालाई दिएपछि मेलम्ची आयोजना नै सेनालाई सुम्पने मुद्दाले राजनीति गर्माएको छ ।
यति धेरै कमिशनको चक्कर चल्यो कि अन्ततः ठेकेदार नै भाग्यो । नेपाली नेताहरुलाई जति पनि कमिशन चाहिने । हार खाएर सकिन लागेको आयोजना छाडेर भाग्नुप¥यो ठेकेदारले ।
जब समस्या बल्झिन्छ, अनि सेनालाई जिम्मा लगाउँदै जाने, व्यवसायिक सेनालाई व्यापार, उद्योग, कलेज, अस्पतालमात्र होइन, विकास निर्माणका काम पनि सुम्पदै जाने हो भने किन सैनिक सरकार नै नहेर्ने ? ०४६ सालको परिवर्तनपछि र ०६३ सालको लोकतन्त्रपछि अनेक सरकारहरु हेरियो । अहिले दुई तिहाइको सरकारको फुइँकी खुट्टी हेर्दै चाल पाइयो । राजा फाल्नेहरुभन्दा राजा नै ठिक भनेर जनताको राजा आउ देश बचाउ नारा घन्किरहेकै छ । यो स्थितिमा एक पटक सेनाले सत्ता चलाएको पनि हेर्न हुन्न र ? यी नेताहरुमा अलिकति पनि नैतिकता भन्ने बाँकी छ भने भ्रष्टाचारको कुम्लो बोकेर हिडे हुन्छ । यतिबेला समाजमा यस्तै यस्तै गुनगुनाएका श्वरहरु सुनिन थालेका छन् ।