काठमाडौं । कांग्रेसका महामन्त्री सशांक कोइरालाले हिन्दुहरुलाई उठ्न आग्रह गर्दै भनेका छन्– देश क्रिश्चियनले खाइसके, अझै हिन्दुधर्मको पक्षमा नबोले देशप्रति अन्याय हुनेछ । हिन्दुहरु उठ्नुपर्छ अव ।
लामो समयदेखि हिन्दुधर्मको पक्षमा बोल्दै आएका सशांककै नेतृत्वमा नेपाली कांग्रेसको महासमितिको बैठकमा बहुमत सदस्यले लिखित माँग राखे पनि यो एजेण्डाका बारेमा निर्णय गरेर नेपाल हिन्दुराष्ट्र थियो, छ र रहिरहनेछ भन्ने निर्णय गर्न देउवाले रोकेका थिए ।
सशांक कोइराला हिन्दुराष्ट्र हुनैपर्ने अडानमा छन् र उनले महासमितिमा कांग्रेसले चुनाव हार्नुको मुख्य कारण हिन्दुराष्ट्रका बारे कांग्रेसले निर्णय लिन नसक्नु हो भनेका थिए । कांग्रेसले हिन्दुराष्ट्रका बारेमा निर्णय गर्ला भनेर प्रचण्डले धर्मनिरपेक्ष संविधान घोषणा गराउने सुशील कोइरालालाई नर्कमा पठाउने भनेर धम्क्याएका थिए । नभन्दै बहुमतको माँगबारे कांग्रेस अनिर्णित हुनपुगेको थियो ।
सशांक कोइराला जनआन्दोलनको माँग धर्मनिरपेक्षता नभएकाले यो राष्ट्रिय मुद्दाका विषयमा जनमत संग्रहको माँग गर्दै आएका छन् । दिवंगत खुमबहादुर खड्काले त देशव्यापी आन्दोलन नै गरेका थिए भने अहिले पनि कांग्रेसभित्र ठूलै जमात हिन्दुराष्ट्रका पक्षमा छन् । तर विदेशी शक्तिको दबाबमा कांग्रेस हिन्दुराष्ट्र भन्न सकिरहेको छैन ।