Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्रीले बेइमानी गरे

०७ सोमबार , माघ २०७५६ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफैले गरेको सहमति कार्यान्वयन नगरेर आफूलाई र ३ करोड नेपालीलाई धोका दिएको आरोप छ आमरण अनसनकारी डा.गोविन्द केसीको । आइसीयु कक्षबाट वार्डमा सरेलगत्तै डा.केसीले यस्तो आरोप लगाएका हुन् । डा.केसीले बेइमानी राजनीतिले देशलाई माफियाकरण गरेको पनि बताए । सम्झौता कार्यान्वयन भए तुरुन्तै अनसन तोड्ने जानकारी दिए पनि सरकारले भने डा.केसीका विरुद्ध षडयन्त्र गर्न थालेको छ ।
प्रधानमन्त्री ओलीले संसदमै एकजना व्यक्तिका लागि संसद बन्दी बनाउन मिल्ने कि नमिल्ने ? भनेर संसदमै प्रतिप्रश्न गरेर केसी मरे मरुन् भन्ने आशय प्रकट गरेका थिए भने नेकपाका अध्यक्ष प्रचण्डले यसबारे चुप्पी साधेका छन् ।