Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाली नेपालीवीच फाटो किन ?

३० सोमबार , पौष २०७५६ बर्ष अगाडि

काठमाडौं । पूर्वराजाले पृथ्वीजयन्तीको अवसरमा दिएको सन्देशले वर्तमानप्रति गम्भीर चिन्ता प्रकट गरेको देखिन्छ । सन्देश यस्तो छ– एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर, बिराङ्गना एवम् सपूतहरुको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौं र हुँदैन । भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट बिस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रदैछ, यसले बडामहाराजाधिराजका दिव्योपदेशको औचित्य स्मरण गराइरहेको छ । नेपाल चार जात छत्तीस वर्णको फूलवारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैलाई चेतना भया भन्ने दिव्य उपदेशको मर्मअनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ । एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै बाद वा विचार हुनसक्दैन । नेपाली नेपालीवीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पु¥याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ । नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौं ।