Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

वैकल्पिक शक्तिप्रति राम राम...

३० सोमबार , पौष २०७५८ बर्ष अगाडि

साझा र विवेकशील मिलेर बनेको विवेकशील साझा पार्टी फुट्यो । वैकल्पिक पार्टीको सपना, देशलाई नयाँ दिशा दिने सपना, देश युवाले हाँक्ने सपना माटाको भाँडो फुटेझैं फुट्यो । स्थानीय र आमचुनावमा हल्लीखल्ली मच्चाएको यो पार्टी फुट्दा रवीन्द्र मिश्र र उज्ज्वल थापावीच एकदोस्राप्रति दलालको आरोप लगाएको सुनिएन तर थापाले संयोजक रवीन्द्र मिश्रलाई मनलागी निर्णय गरेर 
पार्टी चलाएको  आरोप भने लगाएका छन् । मिलेको १७ महिनामै फुटेका यी दुई आफूलाई ठिक भनिरहेछन् ।
यसैवीच पुकार बमदेखि रञ्जु दर्शनासम्म अनेक आरोप प्रत्यारोप र प्रहरी मुद्दामा समेत पुगेको खबर छ । थापा समूहमा रन्जु न्यौपाने (दर्शना), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी, अर्जुन सिंह ठकुरी रहेका छन् । अव यो युवाशक्ति वैकल्पिक शक्ति बन्न फलामको च्यूरा नै चपाउनु पर्ने भयो ।