काठमाडौं । वामदेव गौतम, भीम रावलहरुको नैतिक आक्रमणबाट आत्मरक्षाको स्थितिमा पुगेका प्रधानमन्त्री तथा पार्टी सभापति दुबैतिर हारको मनस्थितिमा छन् ।
यति नै बेला सबैभन्दा कडिकडाउ प्रश्न गरेका छन्– घनश्याम भुसालले । उनको प्रश्न छ– मुलुकको अर्थतन्त्र संकटग्रस्त भइसकेको छ, ५२ डिग्रीमा उ“ट चराएको पैसाले देश कति दिन चल्छ, कति दिन चलाउने ?
अवसर थियो– नेकपाको एकता, अवसर र चुनौती । यही कार्यक्रममा घनश्याम भुसालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई यो नैतिक प्रश्न तेस्र्याएका हुन् ।
घनश्याम भुसालले भनेका छन्– सिमित दलाल पूजिपतिहरुले देशको अर्थतन्त्र कब्जा गरेका छन्। बैंक वित्तिय संस्थामा उनीहरु हाबी छन् । नेपालबाट सम्पत्ति धमाधम विदेश ओसारिरहेका छन् । ती केबल नाफाका मात्रै कुरा गरिरहेका छन् । मुलुकले वर्षभरीमा जति मूल्यको निर्यात गर्छ त्यति नै मूल्यको वर्षमा पेट्रोल खरिदमा मात्रै खर्चने गरेको छ । अरबको खाडी र मलेसिय, दुबईको ५२ डिग्रीको तापक्रममा रगत पसिना बगाईरहेका ५० औं लाख युवाले पठाएको पैसाले देश चलिरहेको छ । ५२ डिग्रीको गर्मीमा उ“ट चराएर कमाएको पैसाले देश कत्ति दिन चल्छ ? चलाउन सकिन्छ ?
राजनीतिक परिवर्तन भयो, गरीवमा परिवर्तन किन आएन ?
घनश्यामको घनजस्तै प्रहार गरेको यो नैतिक जिम्मेवारीको प्रश्नले पार्टी अध्यक्ष ओलीको शीर उठ्नै नसक्नेगरी झुकेको छ । शीर उठाउन उनले आफ्ना क्रियाकलापलाई आत्म मिमांसा गरेर सुध्रिने इच्छाशक्ति प्रदर्शन गर्न सक्नुपर्छ । जुन ताकत ओलीमा छैन, उनका वरिपरि बसेकाहरु सचिवलाई समेत बोलाएर, माफियास“ग मितोमतो गरेर कमाइरहेका छन्, बदनाम ओली भइरहेछन् ।
यति नै बेला नेकपाका सांसद, मन्त्रीले समेत सहायकको तलवसमेत आफ्नै खातामा जम्मा गरेको, दोहोरो सुविधा लिएको, घर भएर घरभाडा हसुरेको, तेलमा समेत भ्रष्टाचारी देखिएको खबर सार्वजनिक भएका छन् । जसले कम्युनिष्ट भनेको कमाउनिष्ट पार्टी हो भन्ने प्रष्ट भएको छ ।
नेकपा पार्टी कर्मचारीजस्तै भ्रष्ट भएको र नेताहरुले दायित्व र कर्तव्य बिर्सिएकोमा दुःखमनाउ गर्दै भ्रष्ट चरित्रले लज्जित बनाएको बताए ।
घनश्याम लज्जित भएर के गर्नु, नेकपाका अन्य नेताहरुलाई नैतिकहीन हुनुमा गौरववोध भएपछि ।
नेकपा असाधरण जनमतका साथ वर्तमान परिवेशमा अँइपुग्नुमा नेता, कार्यकर्ता पंक्तिको संघर्ष, मेहनत, जनुमखीपनले हो भन्दै भुसालले त्यो सबै माटोमा मिलाएकोमा भत्सर्ना गरे । अध्यक्ष ओलीको हिम्मतले यो सब भयो भन्नु गलत हो भनेर अध्यक्षको अहंकारको आलोचना गरे ।
अहिले हुलमुल भएको, एकताको नाममा जे गरेपनि हुने, जहा“ जो बलियो छ त्यसैले आफ्नो मनोमानी गरिरहने हो, जमिन्दारी शैलीमा आदेश दिइरहने र ठालु पल्टने हो, नेतातन्त्र चलाउने हो भने क्रान्ति बचाउन ग्राहो हुन्छ । एकताले अवसर सृजना ग¥यो, अवसर सराप पनि बन्नसक्छ ।
घनश्याम भुसालको प्रश्न छ– बुटवलमा सम्पन्न आठौं महाधिवेसनमा पेश गरेको राष्ट्रिय पु“जीको विकासको सन्दर्भलाई पैसा कमाउने हतियार बनाउन मिल्छ कि मिल्दैन ?
ओली सुध्रिने कि बिघटनमा जाने, ठूलै रडाको मच्चिसकेको छ, अधिनायकत्व अस्वीकार हुनथाल्यो ।