Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ज्ञानेन्द्र शाहको आलोचना किन गर्ने ?

१६ सोमबार , पौष २०७५६ बर्ष अगाडि

काठमाडौं । नेताहरु शासनमा बसेर आमालाई रुवाउने, अनि आमा राजास“ग भक्कानिएर रोइन्, आमनागरिकले राजाको जयजयकार गर्न ओइरिए भनेर सातो गएको अभिव्यक्ति दिने ? यो चलखेल हो भने के चलखेल गरे राजाले ? सत्तामा छौ, जनतालँई जानकारी देउ । जनता आफै आएका हुन्, राजाको जयजयकार गरेका हुन् भने त्यो सत्यलाई स्वीकार गर । आफ्ना कमीकमजोरी के छन्, केलाउ, जनतालाई आफ्ना पछाडि आउने वातावरण तैयार गर ।
पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचनाले शासक पार्टीहरुले बैतर्णी तर्न सक्दैनन् । ज्ञानेन्द्र शाह उठ्न थाले, आउने सुर गरे, सक्रिय भए भनेर जुन हाउगुजी देखाउन थालिएको छ, यसबाट पार्टी र पार्टीनेताहरु कतिसम्म असफल भइसकेछन् भन्ने कुरा जनताले अनुभव गरेका छन् । ०४६ सालमा राजा मूर्दावाद भन्नेहरुले ०५८ सालमा तिनै राजाको काजकिरिया गर्न बसे । ०६५ सालमा राजतन्त्र समाप्त पार्नेहरु हिन्दुराष्ट्र र गणतान्त्रिक राजतन्त्र स्वीकार्न बाध्य हुने परिस्थिति बनिसकेको छ ।
यो सबै दल र नेताहरुको भ्रष्ट चरित्र र देशघातक क्रियाकलापले गर्दा सिर्जना भएको हो । नेताहरुले देश र जनताका लागि काम गरिदिएका भए आज जनताले राजा आउ देश बचाउ भन्नुपर्ने बाध्यता हुने थिएन । आपूm शासनमा बसेर मनलागी गर्ने, जो संविधानको लक्ष्मण रेखामा बसेर नागरिकको हैसियतमा मठमन्दिर गइरहेको छ, भेट्न आएका आमनागरिकलाई भेटिरहेको छ, कुरा सुनिरहेको छ, उसलाई चलखेल ग¥यो भनेर आरोप लगाउने ?
जनताको कुरा नेताहरुले सुनेको भए जनताले राजालाई किन गुहार्थे ? यति सामान्य ज्ञान पनि आत्मसात गर्न नसक्नेले देशको बागडोर कसरी हा“क्छन् ?
हो, जनताले राजा गुहारे । आत्तिएर पूर्वराजालाई नजरबन्द गर्नुपर्ने मा“ग नेकपाले नै गरेको छ । कुनै नागरिकलाई नजरबन्द किन गर्ने ? गर्नुको कारण जनतालाई जानकारी दिनुपर्ला नि ?
पूर्वराजाले देशघातक कुनै काम गरेका छैनन्, जनतालँई भेटेकोमा नजरबन्द गर्दा विश्वले यो गणतान्त्रिक नेताहरुलाई के भन्ला ? यति हेक्का त राखौं । हाम्रो एकमात्र सुझाव छ, सच्चिने काम गरौं, भ्रष्ट प्रवृत्ति त्यागौं, आजैदेखि जनताको कुरा सुन्न र योग्यताको कदर गर्न थालौं, पार्टीका कार्यकर्तालाई पञ्चखत माफी दिने र मितोमतोमा अपराध गर्ने काम छाडौं । जनताको कुराको सुनवाई भयो, जनताका अपेक्षा पूरा गर्न थालियो, चुनावका बेलामा दिएका प्रतिवद्धता पूरा भयो भने जनताले राजा होइन, नेता जिन्दावाद भन्नेछ ।