काठमाडौं । मा.झपट रावललाई किन झड्का लागेछ कुन्नी, यिनले गणतन्त्रकै धज्जी उडाउने गरी बोले, पूर्वराजालाई प्रतिवन्ध लगाउनु पर्छ पो भने ।
नेकपाको सातो गएकै हो ? गणतन्त्र समाप्त भएर अधिनायकत्व आएकै हो ? प्रश्नचिन्ह खडा हुनपुगेको छ ।
संविधानको पूर्ण पालना गरेर, असल नागरिकले पूरा गर्नुपर्ने सबै दायित्वहरु पूरा गरेर अनुशासनको परिधिमा रहेका पूर्वराजालाई जेल हाल्नुपर्ने कुरा सांसदले नै गरेपछि अव बा“की के रह्यो र ?
हिड्डुल गर्न प्रतिवन्ध लगाइयोस् भनेपछि आमनागरिक आक्रोसित बनेका छन्, युवाहरुले त सके जेल हाल भनेर चेतावनीमात्र दिएनन्, शाही युवा शक्ति नेपालले मोटरसाइकल ¥याली नै निकल्यो । राजा आउ देश बचाउ भनेर अध्यक्ष पशुपति खड्काले खुलेआम राजधानीमा नारा जुलुस समेत निकाले । गत शुक्रवार पूर्वराजालाई नजरबन्द गर्नुपर्छ भन्ने अभिव्यक्ति अँएपछि युवाहरुले हिम्मत भए मलाई जेल हाल भनेर प्रदर्शन गरे ।
पूर्वराजा पोखरा भ्रमणमा छन् । बुढी आमाहरुले राजालाई अ“गालो मारेर भनिरहेको सुन्नेहरु जिल्लाराम परेका छन् । बुढी आमाहरुले लामो लाइनमा बसेर भेट्नासाथ भनेका छन्– हे राजा, नेपाल बचाइदेउ न । आमाहरुले समेत देश बर्बाद भएको र बिघटनमा जान लागेको पत्तो पाएर होला मेरो देश बचाइदेउन भनेर राजालाई गुहार लगाएको ।
यो सब देखेर पनि आफ्नो शासनकाल असफल भएको भेउ नपाउनेलाई के भन्ने ? अझै पनि दलपतिहरु धनपति हुन छाडेका छैनन्, यिनको चेत फिरेको देखिदैन ।