Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ज्ञानेन्द्र राजा हुन्छन्, तैयारी भइसक्यो

१६ सोमबार , पौष २०७५६ बर्ष अगाडि

काठमाडौं । गत बुधवार प्राइम टायम टीभीमा बोल्दै चित्रबहादुर केसीले घोषणा गरेका छन्– ज्ञानेन्द्र तेश्रोपल्ट राजा हुन्छन्, त्यसको तैयारी भइसक्यो ।
कानुनव्यवस्थामा दिनदिनै भ्वाङ् पर्न थालेपछि, शासन प्रशासनमा भ्रष्टाचार र कमिशनमात्र देखिन थालेपछि, गाउ“सम्म पुगेको सिंहदरवारमा मिलोमतो र अनियमितामात्र हुनथालेपछि, सांसद–मन्त्री–प्रधानमन्त्री–राष्ट्रपति सबै जनताका लागि अनावश्यक भार, भ्रष्टाचारी र श्री ३ राणाभन्दा बढी सौखिन र मनपरी गर्न थालेपछि पूर्वराजा जता जान्छन्, उतै जनता झुम्मिन थालेका छन् । पोखरामा जे देखिएको छ, पूर्वराजाप्रतिको त्यो गुरुत्वाकर्षण देशैभरि छ र पूर्वराजाले कम्मर कसेर जनता गुहारे भने गणतन्त्र त रहला, गणतान्त्रिक राजतन्त्रलाई कसैले पनि रोक्न सक्ने देखिदैन ।
राजतन्त्र खुइल्याउने माओवादी शक्ति आफै खुइलिसकेको छ । माओवादीको पछि लागेर हिन्दुराष्ट्र मास्नेहरुको पनि मुखुण्डो उत्रिएकाले राजतन्त्र जिन्दावाद भएको हो ।
राजतन्त्रलाई रोक्नसक्ने ताकत एउटै छ, नैतिकता, निष्ठा र सिद्धान्त । नवसामन्त बनिसकेका नेताहरु नैतिकवान बन्नु भनेको मांसाहारीले मासु खान्न भनेजस्तै स्थिति भइसकेकाले अवको नेपालको भाग्य र भविष्य राजतन्त्रसहितको गणतन्त्रमा मात्र छ भन्ने निष्कर्ष विश्लेषकहरुको गम्भीर विश्लेषण छ ।