Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एउटा कवि, लेखकको प्रश्न यस्तो

०९ सोमबार , पौष २०७५८ बर्ष अगाडि

 प्रकाश शायमि जानेमानेका लेखक, कवि, विश्लेषक र सिनेमा निर्देशक पनि हुन् । उनी अति राम्रो रेडियो सञ्चालक पनि हुन् । समष्टिमा नेपालका बुद्धिजीवी र संचेतन बर्गका अगुवा युवा पनि हुन् । प्रकाश शायमिले जुन प्रश्न गरेका छन्, त्यो वर्तमान कालखण्डको यक्ष प्रश्न पनि हो, जुन प्रश्नले सबै युवाको प्रतिनिधित्व गरेको छ । यिनै प्रश्नमा देश किन बन्न सकेन ? भन्ने कारण अन्तर्निहित पनि छ । प्रकाश सोध्छन्–
राजदूत हुन कति ?, सेना प्रमुख हुन कति ?, आइजीपी हुन कति ?, आयल निगमको जीएम हुन कति ?, एयरपोर्टको पार्किङ् ठेक्का पाउन कति ?, मलाई थाहा छैन तर एकेडेमीको कुलपति हुन १ करोड भन्दा बढी बोकेर जानुपर्ने ?
चार ओटा निवन्ध लेखेको व्यक्ति कूलपति हुने, चार ओटा कविता लेखेपछि प्राज्ञ पदाधिकारी र प्राज्ञसभासद् हुने देशमा राजदूत, संवैधानिक पदमा ब्रिफकेश हेरेर जागीर दिने कामले सुशासन, सुखी नेपाली र समृद्ध नेपाल बन्छ भन्नु सपना नभए के हो ?