Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महँगो नर्भिक पनि कारवाहीमा

०९ सोमबार , पौष २०७५६ बर्ष अगाडि

काठमाडौं । महगो र अत्याधुनिक भनिएको नर्भिक इन्टरनेशनल हस्पिटल पनि कारवाहीमा परेको छ । अव्यवस्थित, फोहरी अस्पतालका रुपमा नर्भिक, ओम, नोबेल, ग्रिनसिटी, मेडिकेयरलगायतका अस्पताल कारवाहीमा परेका हुन् ।
वातावरण विभागका अनुसार फोहर सोझै नगरपालिकाको कन्टेनरमा हाल्ने, सडक छेउछाउमा जम्मा गरेर प्रदूषण फैलाउने, संक्रमित पानी सोझै ढलमा मिसाउने १८ अस्पतालाई कारवाहीको जनाउ दिएको हो । कुनै पनि ठूला अस्पतालले आजसम्म वातावरणीय प्रभावको मूल्याङ्कनसम्म गरेका छैनन् ।
वातावरण विभागका अनुसार नर्भिक इन्टरनेशनल अस्पतालको नाम लिंदै त्यस्तो ख्याति प्राप्त अस्पतालले समेत आफ्नो सङ्क्रमित फोहोर सोझै महानगरपालिकाको गाडीमा फाल्ने गरेको, यस्तो सङ्क्रमित फोहोरले गाडी र पुरै ल्याण्डफिल साइट नै सङ्क्रमित हुने तथा महामारी फैलिन सक्ने सम्भावना रहेको छ । अस्पतालले सङ्क्रमित पानीलाई सोझै ढलमा मिसाएको छ । त्यो सङ्क्रमित पानीले समाजमा रोगको सङ्क्रमण फैलाउन पनि सक्छ । उपत्यका भित्रका ३७ वटा अस्पतालमा गरिएको अनुगमनमा १८ वटा अस्पतालले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएकोले ती सबै अस्पताललाई कारवाहीको सूचिमा राखिएको हो । कारवाही हुन्छ ।