काठमाडौं । राष्ट्रपतिलाई १८ करोडको बुलेटप्रुफ गाडी खरिद गर्ने निर्णय गर्दा र राष्ट्रपति भवन अगाडि हेलिप्याड बनाउन प्रहरी प्रशिक्षण केन्द्र पनौतीमा सार्न खोज्दा व्यापक बिरोध भएपछि ओली सरकारले दुई तिहाईको सरकारको बिरोध गर्ने भनेर गत बुधवार बुद्धिजीवी र आलोचकको झाँको झारे, मन्त्रीले पत्रकारलाई हपार्नु हपारे ।
यसको लगत्तै ओली सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको हेलिकोप्टर प्याकेजमात्र होइन, डेढ अर्वको हेलिकोप्टर किन्ने निर्णयसमेत गरिदिएको छ । १४ सिट क्षमताको इटालीयन हेलिकोप्टर अगुष्टा बेष्टल्याण्ड एडब्लू १३९ राष्ट्रपतिले मात्र प्रयोग गर्न पाउने व्यवस्था गरेको खबर पनि सार्वजनिक भएको छ ।
बाढी, भूकम्प, पहिरो पीडित अझै च्यातिएको त्रिपालमुनी छन् । पहाड र मधेसमा ज्वरो आउँदा सिटामोल र पखाला लाग्दा सल्फाक्वानाडिन खान पाइरहेका छैनन् । राष्ट्रपतिलाई यो लङ्गडा शोख किन बढ्दैछ । लामो समय राष्ट्रपति पदमा बसिरहने र महारानी हुन खोजेको भनेर जनतावीच राष्ट्रपति र ओली सरकारको निर्णयको आलोचना बढेको छ । यो हेलिकोप्टर छिटै राष्ट्रपति निवासमै रहने बताइन्छ ।