काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा व्यस्त भइरहेको बेलामा राप्रपा मेचीबाट सुरु गरेको हिन्दुराष्ट्र र पार्टी संगठन बलियो पार्ने अभियानमा सुदूरपश्चिम पुगेको छ । अध्यक्ष कमल थापाले नेपाली कांग्रेस हिन्दुराष्ट्रको पक्षमा निर्णयसाथ आएमा सहकार्य हुनसक्छ, सहकार्य गर्छौं भनिरहेका छन् ।
नेपाली कांग्रेसका सभापतिले पार्टी मजबुत पार्न हिन्दुराष्ट्रमा खुलेरै जानुपर्ने र वीपीका सिद्धान्तमा टेकेर प्रचण्डपथ छाड्नैपर्ने सुझावलाई बाहिर प्रकट नगरे पनि भित्रभित्रै स्वीकार गरेको छनक देखिएको छ, केही नेता बताउँछन् पनि । गिरिजाप्रसाद कोइरालाले प्रचण्डको सुझावमा लाग्दा कांग्रेसको शक्ति क्षिण हुँदै गएको भनेर महामन्त्री सशांक कोइरालाले त आगामी अधिवेशनमा सभापतिमा उठ्ने भन्दै आवश्यक परे हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने माँग गरेका छन् ।
राप्रपालाई आफ्ना कमी कमजोरी सुधार्न कांग्रेसको टेको चाहिएको छ भने कांग्रेसलाई कम्युनिष्टमाथि हावी हुन राप्रपा र तमाम हिन्दुभोटको आवश्यकताकै कारण यी दुई ठूला साना पार्टी नजिकिएका छन् । दुवै पार्टी प्रजातान्त्रिक पार्टी हुन् र दुबै सहकार्य गर्छन् गर्दैनन्, नेकपाको बैठकमै चर्चा भइरहेको सुनिन्छ ।