काठमाडौं । आजको वाम, समस्या र समाधान विषयमा नेकपाका दिग्गज नेता घनश्याम भुषालको निष्कर्ष छ– वर्तमान सरकार पुँजीवादको जुत्ता लगाएर समाजको टोपी ओढ्छ । समस्या यही हो । लोकतान्त्रिक स्थिरता र राष्ट्रिय पुँजीको विकासपछि मात्रै समाजवाद अउनसक्छ, सरकार यो बाटोमै छैन, नक्कली नाटक गरिरहेको छ ।
घनश्याम भुषालको निष्कर्ष यस्तो छ– तत्कालिन एमालेभित्र पनि सत्ता राजनीतिको कुरा मात्र भयो, हावी भयो । माओवादीभित्र पनि सैद्धान्तिक अस्थिरता कायम रह्यो । त्यो दुवै समस्या अहिले पनि छँदैछ,जुन–जुन पार्टीबाट आएपनि नश्लिय रुपमा झन गुटबन्दी मौलाएको छ । यही हिसावले चाहिँ यो विषय कहिँ पनि गएर टुंगिदैन । अन्यौल बढ्दै बढ्दै जानेछ ।
ओली सरकारको प्रतिपक्षीभन्दा पनि कडा आलोचक हुन् घनश्याम भुषाल । उनले ओली सरकार विरुद्ध कटाक्ष गर्दै भनेका छन्– गीत, फिल्म वा साहित्यमा मात्र कम्युनिष्ट पार्टी सीमित रहने अवस्था आयो । यो पार्टी जनतामा अथवा जनताको घर
दैलोमा रहँदैन । यही तरिकाले सरकार सञ्चालन भए कसैले गीत लेख्ला, कसैले फिल्म बनाउला या कसैले साहित्यमा लेख्ला, त्यतातिर मात्र रहनसक्ला ।
अर्थात नेकपाको तीब्र रुपमा राजनीतक ओह्रालो यात्रा लागेको निष्कर्ष भुषालको थियो । उनले राज्य संगठनको जालो बलियो छ । राष्ट्रियस्तरको सबै संगठनहरु पनि बलियो छ । सामाजिक, राजनीतिक, सांस्कृतिका सबै रुपमा संगठनहरु छन् । यी संगठनहरु पनि अवसर हो । तर यो अवसर ओली सरकारले गुमाउँदै गएको छ । उनले कम्युनिष्ट राष्ट्रपति । टिका लगाउँदा घुँडा टेकाएको कुरा, १८ करोडको गाडी किन्ने कुरा वैचारिक अष्पष्टता हो भन्दै सबैभन्दा ठूलो वैचारिक अष्पष्टता चाहिं कता उभिने भन्ने छ । सैद्धान्तिक रुपमा कहाँ उभिने भन्ने कुराको ज्ञान अहिलेको नेतृत्वमा छैन ? भनेर हम्मर नै हानेका छन् ।
भुषालले नेतृत्व अलोकतान्त्रिक हुँदै गएको सिधै प्रहार गरे । हामी कहाँ उभिने हो ? एकातिर मुलुकी ऐनले चाहिं एउटा कुरा गर्छ, निर्णय अर्को हुन्छ । नेतृत्व स्पष्ट हुनुपर्छ ।
यही मञ्चबाट अर्का नेता झलनाथ खनालले पनि सरकारको अलोचना गरेका छन् । खनालले भनेका छन्– वर्तमान सरकार विधिले काम गर्न छाडेको छ । विधिले काम गर्न छाडेपछि चाकडी । चाकडी पछि विचारको रुपमा आउँछ । त्यो कुराको अन्त्य भएन भने कहिले समस्याको समाधान हुँदैन ।