काठमाडौं । नेपालभन्दा सम्पन्न मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको जहाज चढ्दिन भने । यति धेरै गरीव छन्, मैले जहाज चढेंभने मलाई अप्ठेरो लाग्छ, मेरो अनुहार लाजले झुक्नेछ । उनले राष्ट्रपति चढ्ने जहाज नै बेच्न आदेश दिए, यतिमात्र होइन, संघीय सरकारका नाममा रहेका ६० जहाज र ७० हेलिकोप्टर पनि बेच्न आदेश दिएका छन् । उनको अभियान भ्रष्टाचारविरुद्ध लड्ने प्रमुख उद्देश्य रहेको छ ।
मेक्सिकोका राष्ट्रपति नागरिक जहाज चढ्छन्, नागरिकसँगै देशका विभिन्न भागमा जान्छन् । राष्ट्रपतिको नागरिक जीवन, देशका लागि गौरवको विषय बनेको छ । उनले तलवको ४० प्रतिशतमात्र लिने र राष्ट्रपति दरवारमा नबस्ने घोषणा पनि गरेका छन् ।
चुनावमा जे बोलेका थिए, राष्ट्रपति बनेपछि उनले वचन पूरा गरेका छन् । उनी देशका विभिन्न भागका कार्यक्रममा जाँदा नागरिकसँगै यात्रुवाहक जहाज चढ्न थालेका छन् । यो उदाहरण नेपालले सिक्न जरुरी छ, सिके नेकपाको वाहवाही हुनेछ ।
हाम्रा राष्ट्रपति र प्रधानमन्त्री जनतामाथि कर थप्ने, आफ्नो सवारी हुँदा जनतालाइ घण्टौं यातायात बन्द गरिदिने, बुलेटप्रुफ निवास, ढोकामा हेलिप्याड, १८ करोडको बुलेटप्रुफ गाडी, अपराधीसँग मिलेमतो गरिरहेका छन् । यो नेकपाको शासन हो कि सामन्तीको ? छुट्याउनै मुस्किल छ । किन चेत्दैनन् यिनीहरु ?