Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आफ्नै सामु प्रदर्शन, राष्ट्रपति मौन

२४ सोमबार , मंसिर २०७५६ बर्ष अगाडि

काठमाडौं । सरकार देखियो, न्याय देखिएन भनेर राष्ट्रपति भवन अगाडि प्रदर्शन भयो, यो सब देखेकी राष्ट्रपति विद्या भण्डारी किन बोलिनन् ? १३ वर्षकी बालिका बलात्कार र हत्या भएको ४ महिना नाघिसक्दा पनि सरकारले बलात्कारी पक्राउ गर्न नसक्नु र जाली काम गरिरहनुले देशैभरि प्रदर्शन भइरहेको छ, राष्ट्रपति सरकार प्रमुखको अनुहार हेरेर मौन रहनुले राष्ट्रपति पदको, महिला राष्ट्रपतिको संवेदनशीलतामा समेत अनेकन प्रश्न उठ्न थालेको छ ।
हरेक दिन धर्ना, प्रदर्शन, विरोध, र्‍याली भइरहेका छन् । राष्ट्रपतिको नाक, कान, मुखले सबै थाहा पाएको छ । तैपनि चुपचाप बस्नुले राष्ट्रपति महिला हिंसा, देशको शान्ति, बढ्दो अराजकताप्रति गम्भीर नभएको आरोप लाग्नथालेको छ ।
राष्ट्रपति निवासका सामु न्याय चाहियो भनेर प्रदर्शन गर्ने युवालाई प्रहरी दमन गरियो, निधारमा म निर्मला लेखिएको प्लेकार्ड च्यातियो, प्रहरी लगाएर भित्त भित्तामा टाँसिएका पोष्टर च्यात्न लगाइयो । यी  सब घटनाक्रम थाहा पाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार र सुरक्षा प्रमुखसँग निर्मला हत्याकाण्डबारे कुनै चासो राखेको सार्वजनिक जानकारीमा आएको छैन । निर्मला हत्याकाण्डबारे पार्टीहरु पनि तात्न थालेका छन् । दुई तिहाईको सरकार टसमस भएको छैन । राजधानीबाट सुरु भएको पोष्टर अभियान देशव्यापी भइसक्यो । जिल्ला जिल्लामा नागरिक र प्रहरी झडप बढेको छ ।
सरकार भेटियो, न्याय भेटिएन, यतिबेला देशैभरि चल्ने सवारी साधन, युवाले लगाएका लुगाका छाती र पिठ्यूका भागमा समेत देख्न थालिएको छ ।
यसैवीच उपप्रधानमन्त्रीसहितका रक्षा मन्त्री ईश्वर पोखरेलले बलात्कारी र हत्यारा पक्राउ परिसकेको जानकारी दिएका छन् । जबकि धनगडीबाट पक्राउ गरिएका ३ युवा नक्कली बलात्कारी भएको नागरिक आरोप तीब्र बनेको छ । प्रहरीले तिनलाई सार्वजनिक गर्ने हिम्मत गरेको छैन । तिनीहरु लागूऔषधका दुव्र्यसनी भएको खुलेको छ । निर्मलाको शव भेटिएको स्थल दुव्र्यसनी बस्ने थलो भएको र त्यसैको आधारमा ती युवालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी स्रोत भन्छ । जुन दिन घटना घट्यो, त्यो दिन ती युवा घटनास्थलमै नभएको खुलेपछि प्रहरीको यो नाटक पनि सफल हुन सकेको छैन । कञ्चनपुरमा पक्राउ परेका अर्का २ युवा पनि निर्मला हत्याकाण्डका दोषी भनेर प्रहरीले ठहर गर्न नसकेको स्रोतको दावी छ । जेहोस्, राष्ट्रपति देशको संरक्षक, उनले देशैभरि न्याय चाहियो भनेर आन्दोलन सुरु भइसक्दा पनि निरपेक्ष बनेर राष्ट्रपति निवासमा गजधम्म बस्नु सुहाउने विषय रहेन ।