काठमाडौं । नेपाली सेनाको इतिहासमा पहिलोपल्ट प्रधानसेनापति पूर्णचन्द्र थापाले १८७ जनामाथि कोर्ट मार्सल र १७२ जनामाथि कारवाही गर्ने हिम्मत गरेका छन् । यसबाट नेपाली सेनाभित्रको भ्रष्टाचारको कथामात्र सार्वजनिक हुने गरेकोमा यथार्थमा भ्रष्टाचार छ र त्यसमा सुधार हुने विश्वास प्रधानसेनापतिले देखाएका छन् । जनताप्रतिको जिम्मेवारी र देशप्रतिको कर्तव्य निर्वाहमा सेना एक कदम अघि बढेको अर्थमा यो घटनाको चर्चा हुन थालेको छ । अव सेना आफ्ना राष्ट्रिय दायित्वहरु जो संविधानमा लेखिएका वा नलेखिएका छन्, त्यसमा समेत कडा रुपमा प्रस्तुत हुने संकेत समेत यो घटना हुनपुगेको छ । सेनाभित्रै र अवकाश प्राप्त सैनिकले समेत प्रधानसेनापतिलाई सलाम गरेका छन् ।
सैनिक इतिहासमा अंग्रेजले घूस दिन खोज्दासमेत भक्ति थापाहरुले अंग्रेजमाथि नै आक्रमणमात्र गरेनन्, देशका लागि ज्यान गुमाएका घटना पनि छन् । यतिबेला अर्का थापा सेनालाई शुद्ध व्यवसायिकरण गर्न कस्सिएको देखिदैछ ।