Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राप्रपा एकताको बाटो किन बन्द भयो ?

१७ सोमबार , मंसिर २०७५८ बर्ष अगाडि

काठमाडौं । पशुपति शमशेरले राणाको धङधङ्गे नछोड्दा तीन राप्रपा एकता भाँडिन पुगेको छ । तर राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिल थापाले कमल थापा एकताका विरोधी भएको आरोप लगाएका छन् ।
उनले राप्रपा राष्ट्रवादी र राप्रपावीचको असन्तुष्टिबारे छलफल गर्न नछाडेको उनको तर्क रहेको छ । उनका अनुसार समान विचारधारा भएका तीन राप्रपाका एकीकरण गर्ने प्रयास हाम्रो थियो । तर, राप्रपा अध्यक्ष कमल थापाले एकताको बाटो सहज छैन आ—आफ्ना बाटो जाओ, पार्टी  एकता नगरौं भनेपछि हामीले उहाँलापई छाडेर बाँकी शक्तिबीच एकता गर्ने छलफल अगाडि बढाएका छौं, उनले भने वार्ता सकारात्मक भएको छ । कमल थापा आफ्नो बाटो लागे हामी पनि आफ्नो बाटो लाग्छौं । सुनिल थापाका अनुसार केही दिनमै एकता घोषणा हुने वातावरण बन्दैछ । यसको अर्थ पशुपतिशमशेर जवरा र डा.लोहनीको राप्रपा एक हुने उनको इसारा थियो ।
यसैवीच राप्रपा कमल थापाका १९ पदाधिकारीहरुले विज्ञप्ति प्रकाशित गरेर अध्यक्ष थापालाई लचकदार बन्न आग्रह गरेका छन् । यिनको आरोप छ, कमल थापा स्वार्थको परिवन्दमा परेर देशको आवश्यकताप्रति अनुदार बनेको र राप्रपा एकीकरणमा भाँजा हाल्ने काम भएको छ । तिनै पार्टीवीच खुलेर बहस हुन नसक्दा एकीकरणबारे अनेकन कुरा बाहिर आइरहेका छन् । एकीकरणको अन्त्यमा आएर कसले एकता भाँड्यो भन्ने नै स्पष्ट भएको छैन ।
यसैवीच थापा नेतृत्वको राप्रपा देशव्यापी अभियानमा जुटेको छ । राप्रपा आफै गुमेको राजनीतिक हैसियत आर्जन गर्नसक्ने क्षमतामा रहेको दावी गर्दै संगठन बिस्तार र राप्रपाको आवश्यकताबारे देशव्यापी प्रचारमा जुटेको हो । पञ्चहरुको भ्यागुते चरीत्र अझै सुध्रिन सकेको देखिएन ।