Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

भारतले 'के झिक्यो' पशुपतिको गर्भगृहबाट?

२३ सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

यी टन्डनले पशुपतिक्षेत्रकै बारेमा कस्तो पीएचडी गरेछन्?
डा.गोविन्द टन्डन पशुपति विकास कोषमा संस्थापक कोषाध्यक्षबाट हाल सदस्य सचिव छन्। २०४४ सालदेखि निरन्तर विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रबारे यिनलाई कण्ठस्थ थाहा छ। यिनले पशुपति क्षेत्रको विषयमै पीएचडीको उपाधि हासिल

गरेका हुन्। तर, राष्ट्रिय गौरवको पशुपतिनाथको गर्भगृहमा नेपाल सरकारको अनुमति बिना गोप्य रुपमा भारतीय पुरातत्वविदहरुलाई किन घुस्न दिए, फिलिम बनाउन दिए? सहर सभ्यतामा दाग लागेको देख्ने टन्डनका आँखा र विवेकले पशुपतिनाथको

मर्यादा उल्लंघन गरेको किन देखेन? किन यिनले पशुपतिनाथमाथि अन्याय गरे, हिन्दूधर्मका अनुयायीहरुको विश्वासमा आघात पुर्‍याए? पशुपतिनाथ भनेको राजनीति होइन, न कुनै नेताको बपौति। फेरि किन टन्डनले भारतीय राजनीतिक हस्तक्षेपलाई पशुपतिनाथको गर्भगृहसम्म पुग्ने छुट दिए?
भारतले 'के झिक्यो' पशुपतिको गर्भगृहबाट?
सुशील सरकारले पत्तै पाएन– भारतको पुरातत्व विभाग नै आयो र मन्दिर प्रवेशका आवश्यक धार्मिक प्रक्रियासमेत पूरा नगरी पशुपतिनाथको गर्भगृहमा पसेर नापजाँच गरे, ढुकुटी खोले, फिल्म खिचे, के के झिके र के के लगे? सरकारको नाकैमुनी

यति गोप्य रुपमा भारतले हस्तक्षेप गर्न सक्छ भने हामी कति असुरक्षित रहेछों? भारतीय टोलीको नेतृत्व रोमलसिंह जाम्वालले गरेका थिए र उनी भारतमै हिन्दूविरोधी व्यक्तिका रुपमा चिनिन्छन्। भारतमा सोमनाथको मन्दिर छ। अथवा बालाजीको। कुनै

पनि मन्दिरको गर्भगृहमा कसैलाई पनि पस्ने अनुमति दिइदैन। नेपालको पशुपतिनाथ सर्व देवदेवीस्थलको शिर मानिन्छ। शिर मानिएको पशुपतिनाथको मन्दिरको गर्भगृहमा सरकारले पनि चाल नपाउने गरी भारतीय कसरी पस्न सके? न विधि मानियो,

न परम्परा र मान्यता। सबै तोडियो, भारतलाई खुशी पार्न। भारतीयहरुको दबदबा नेपालमा कति छ भन्ने यो ताजा उदाहरण हो। हामी ९० प्रतिशत जनता हिन्दू भएको दावी गर्छौं, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनेर आन्दोलित छौं, यति आपत्तिपूर्ण कार्यमा

खोई हाम्रो आपत्ति? चिन्ता र चासो?
कति दिनसम्म भारतीय पुरातत्व विभागले पशुपतिनाथको गर्भगृहमा अध्ययन गरिरहेका थिए, जनतालाई सूचना दिइएको छैन। सोध्यो भने गृहमन्त्रालय रोकिइसक्यो भन्छ, थप केही बोल्दैन। निषेधित कार्य गर्ने अनुमति कसले दियो, किन दिइयो, यस

सम्बन्धमा कसैलाई दण्डित गरिएन। किन? के सरकारले नै गोप्य आदेश दिएर भारतीय पुरातत्व विभाग पशुपतिनाथ छिरेको थियो? संस्कृतिमन्त्री छन्– दीपकचन्द्र अमात्य। उनी एमाले हुन् र एमाले पार्टी पनि केही बोलिरहेको छैन। पदाधिकारी, मूल

भट्ट, भट्ट, पुजारी, भण्डारे सबैको सहयोग थियो भारतीयलाई। सदस्य सचिव गोविन्द टण्डन भन्छन्– आदेश आयो खोलियो, आदेश आयो बन्द गरियो। यी गोविन्द टण्डन आफूलाई धार्मिक ठान्छन्, मान्छन्। कथित धर्मविज्ञ टन्डनले बिधिविपरित किन

भारतीयलाई पशुपतिनाथको गर्भगृहमा जान दिए? प्रकाशमा आएको छ– भण्डारीले कपाल खौरिएर र धोतीपासा कसेर प्रवेश गर्न अनुरोध गर्दासमेत भारतीय सर्भेयर, विज्ञहरुले मानेनन्। सबैभन्दा पहिले यी टण्डनलाई कारवाही गर्न जरुरी देखिन्छ।

त्यसपछि जो जो यस धार्मिक अपराधमा संलग्न छन्, तिनीहरु पनि दण्डित हुनुपर्छ। टण्डनका अनुसार पशुपतिनाथको पुनरुद्धारका लागि सर्भे गर्न भारतीय पक्ष आएको हो। सर्भे किन गर्भगृहबाटै गर्नुपर्‍यो कुन्नी? यसको जवाफ गोविन्द टण्डनसँग

छैन। टण्डन र कोषका पदाधिकारी भारतीयले गोप्य रुपमा चुस्न दिएको ललीपपमा परेको त होइन?